अन्तर्वार्ता/विचारआइतबार, मंसिर ७, २०७१

‘दाहाललाई राष्ट्रपति चाहिएको हो भने दिए हुन्छ’

हिमालखबर

-अरुण नेपाल

एक वर्षअघि सम्पन्न संविधानसभा चुनाव नै भाड्न लागेका भुरे दलarun nepalहरुसँग जसरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चाबन्दी गरेर निहूँ खोजिरहेका छन्, यसले उनैलाई बढी घाटा गरिरहेको छ । अझ, व्यक्ति भन्दा माथि उठेर हेर्दा समग्रमा देश पुनःपश्चगमनतिर जाने खतरा बढेको छ ।

प्रमुख दलहरुबीच भएको सहमति भाड्न आज तिनै अवैतनिक (संविधानसभाले नचिन्ने) दलहरु कारक बनिरहेको छ । जसले एमाओवादीलाई पनि तान्दै लैजाँदा दाहाल यो अवस्थामा आएर संविधानसभाबाट बाहिरिन्छौं भन्दैछन् । यो भन्दा अनुत्तरदायी तर्क के हुन सक्छ ।

दाहालले देखाउँदै आएका यी हर्कतहरुले उनी कुनै हालतमा संविधान बन्न नदिने खेलमा छन् । महीनौंदिन कामै नलाग्ने गैरसंवैधानिक समितिको सभापति चाहियो भनेर संसद बन्धक बनाएका दाहाल आज अर्काे निहू खोज्दैछन् । जबकी उनले राखेको अडानको अजेण्डालाई जनताले अस्वीकार गरिसके । एकल जातीय पहिचानको पक्षमा दुई तिहाई मागेका दाहाललाई जनताले कति मत हाले यसबाट स्वयम् पनि प्रष्ट छन् ।

अर्काे, प्रष्ट विषय दाहालले जुन अजेण्डा देखाइरहेका छन्, त्यो हात्तीको बाहिरी दात मात्रै हो । उनी सत्ताको बार्गेनिङ गर्दैछन् भन्ने कुरो दुनियाँ सामू लुकेको छैन । त्यसमा पनि सामान्य भागबन्डा उनको अडान होइन । उनले उठाएको संयुक्त सरकारको प्रस्ताव सुशील कोइराला नेतृत्वमा होइन ।

यही सरकारको निरन्तारमा बन्ने संयुक्त सरकारका लागि भागमा पर्ने दुई चार जना मन्त्री छान्न सक्ने अवस्थामा उनको पार्टी छैन । दाहालको बार्गेनिङ ८ माघपछि बन्ने सरकारको हो ।

त्यो सरकारमा पनि उनलाई प्रधानमन्त्री वा राष्ट्रपति चाहिएको हो । उनको चरित्र नेपालको जस्तो संवैधानिक राष्ट्रपतिमा सुहाउने खालको छैन । उनी त्यहाँ टिक्दा पनि सक्दैनन् ।

यदि, राष्ट्रपति दिदा संविधान निर्माणमा सहयोग गर्छन् भने कांग्रेस–एमाले तयार भए हुन्छ । अघिल्लो संविधानसभाको नजीरले पनि दाहाल राष्ट्रपति बन्न सक्छन् । त्यस बेलाका तेस्रो दल एमालेले दुई पटक प्रधानमन्त्री र सभामुख पाए भने दोस्रो दल कांग्रेसले राष्ट्रपति बनाए । त्यो एमाओवादीको गल्तीले भएको थियो ।

अव एमाओवादीले गरेको गल्ती कांग्रेस–एमालेले दोहो-याउनु हुदैन । संविधान निर्माणको कुरामा एक त एमाओवादीले सत्तासँग जोड्न हुँदैनथ्यो । उसले जोड्छ नै भने कांग्रेस–एमालेले पनि यसमा जिद्दी गर्नु राम्रो हुदैन । संविधान निर्माणजस्तो गम्भीर विषयलाई सामान्य सरकार निर्माणको विषयले अड्काउनु देशको हितमा हुदैन ।

अर्काे, महत्वपूर्ण विषय दाहालले पदकै लागि आफ्नो, आफ्नो पार्टी र देशलाई जुवा हान्ने मूर्खता नगरेको राम्रो । यसले कसैलाई फाइदा गर्दैन । सके सहमतिमा नसके बहुमतबाट भएपनि देशलाई अहिले संविधान चाहिएको छ । सत्ता वार्गेनिङलाई गरिने आन्दोलनको कुनै अर्थ छैन ।

(एमाले नेता नेपालसँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...