खेलकुदसोमबार, मंसिर ८, २०७१
नेपाल हङकङसँग पराजित
श्रीलंका भ्रमणमा रहेको नेपाल हङकङसँग दुई विकेटले पराजित भएको हो । श्रीलंकाको कोलम्बोमा ८ मंसीरमा भएको अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा नेपालले दिएको ७३ रनको लक्ष्य हङकङले ८ विकेटको क्षतिमा एक बल बाँकी छँदा भेट्टायो ।
नेपालका लागि सागर पुन र शक्ति गौचनले दुई–दुई विकेट लिए । कप्तान पारस खड्का, अमृत भट्टराई र सोमपाल कामीले एक–एक विकेट झारे ।
————————————————————————————————————————————————–
नेपालद्वारा हङकङलाई ७३ रनको लक्ष्य
पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा नेपालले हङकङलाई ७३ रनको लक्ष्य दिएको छ ।
श्रीलंका भ्रमणमा रहेका नेपाल र हङकङबीच पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेल भइरहेको छ । श्रीलंकाको कोलम्बोमा चलिरहेको खेलमा नेपालले हङकङलाई ७३ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सबै ओभर खेल्दै १० विकेटको क्षतिमा ७२ रन मात्र बनायो । खराब शुरुवात गरेको नेपालका लागि सोमपाल कामीले केही आशलाग्दो ब्याटिङ गरे ।
दुई चौका र छ चौक्का हानेका उनले ४० रनको योगदान गरे । ३१ सामना गरेका उनी इरफान अहमदबाट बोल्ड भए ।
सोमपाल बाहेकका खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् । ज्ञानेन्द्र मल्ल तथा शक्ति गौचनले ५–५ रन रन बनाए ।
वसन्त रेग्मीले ३ रनको योगदान गरे । नटआउट रहेका अमृत भट्टराई, सुवास खकुरेल र नरेश बुढाऐरले दुई–दुई रन बनाए ।
राजेश पुलामी र विनोद भण्डारीले एक–एक रन जोड्दा कप्तान पारस खड्का पहिलो बलमै आउट भए ।
यसअघि तय भएको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल र वान–डे खेल वर्षाका कारण रद्द भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
