रमझमसोमबार, मंसिर ८, २०७१

श्री ५ अम्बरेः सडकका राजाको कथा

हिमालखबर

-अनुशील

श्री ५ अम्बरेः सडकका राजाको कथाराजधानी होस् या देशका अरु शहर–बजार— परिवार, समाज र राज्यले बेवास्ता गरेको एउटा समूह छ । फूटपाथ, फोहोरको थुप्रो र कवाडीहरुमा भोक विरुद्व संघर्ष गरिरहेका भेटिने त्यही समूहको कथा भन्छ, फिल्म ‘श्री ५ अम्बरे’ ले ।

बालकहरु पेटका लागि संघर्ष गर्दै अपराधको दलदलमा फस्छन् भने बालिकाहरु यौन हिंसाको शिकार हुँदै बार डान्सर र ‘कल गर्ल’ बन्नुपर्ने बाध्यता स्वीकार्छन् । दिनको उज्यालो भीडमा हराउने उनीहरुमध्ये कतिले मध्यरातमा आफूलाई शहरको राजा ठान्छन् । हाम्रो शहरिया समाजले उनीहरुलाई कसरी हेर्छ ? नयाँ पुस्ताले उनीहरुलाई कसरी बुझेको छ ? निर्देशक दीपा बस्नेतले फिल्ममा उत्तर चाहेकी छन् ।

श्री ५ अम्बरेः सडकका राजाको कथाफिल्ममा समाजले ‘खाते’ भनेर उपेक्षा गरेको प्रमुख पात्र छ– अम्बरे (सौगात मल्ल) जसलाई साथीहरुले ‘श्री ५ अम्बरे’ भन्छन् । ‘श्री ५ अम्बरे’ को रुपमा सौगात र सडकमै हुर्किएर ‘कल गर्ल’ बनेकी काली (केकी अधिकारी) सँग अन्य कलाकारहरु विक्रम सिंह, सृजना अधिकारी लगायतको अभिनय उम्दा छ । फिल्मलाई यथार्थपरक बनाउन अभिमन्यु निरवीसँगै निर्देशक दीपा र जीवनसाथी बस्नेतले सात महीना राजधानीका विभिन्न स्थानमा रिसर्च गरेका थिए । अभिमन्युको पटकथा–संवादले फिल्मलाई चम्काएको छ । जीवनसाथी फिल्मस्को ‘श्री ५ अम्बरे’ को छायाकार गणेश श्रेष्ठ र सम्पादक चन्दन दत्त हुन् भने बसन्त सापकोटा, कालीप्रसाद बास्कोटा, बाबु बोगटी, यम बुद्ध संगीतकार ।

श्री ५ अम्बरेः सडकका राजाको कथाभविष्य खोज्दै शहर छिरेका युवाहरुको कथामा ‘अन्तराल’ फिल्म बनाएर राष्ट्रिय चलचित्र अवार्ड जितेकी निर्देशक दीपाको ‘श्री ५ अम्बरे’ ले एउटा सामाजिक विषयलाई मन छुने गरी उठाएको छ । फिल्म हेरिरहँदा दर्शकलाई हल भित्र नभएर वाग्मती वा विष्णुमती किनारको फोहोरको थुप्रोमा भएजस्तो लाग्छ । सडक बालबालिकामा केन्द्रित भएकाले फिल्ममा ठमेल र बसन्तपुरका सडकका दृश्यहरु पनि धेरै छन् । बारका आइटम गीत, सडकका छाडा बोली, फाइट लगायत सबै थोक भएकोले ‘श्री ५ अम्बरे’ मन छुनेसँगै ‘मसालेदार’ पनि बनेको छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>