Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यस्ता छन् सार्कका कार्यकारीहरु - Himalkhabar.com

थप समाचारमंगलबार, मंसिर ९, २०७१

यस्ता छन् सार्कका कार्यकारीहरु

हिमालखबर

koiralaसुशील कोइराला (७५), प्रधानमन्त्री, नेपालः नेपालका ३७औं प्रधानमन्त्री कोइराला ६ दशकदेखि राजनीतिमा छन्।

१८औं सार्क शिखर सम्मेलनमा सहभागी हुने राष्ट्र–सरकार प्रमुखमध्ये सबभन्दा जेठा सरकारप्रमुख पनि हुन्, कोइराला।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर संघर्ष गरेका कोइराला नेपाली कांग्रेसका सभापति पनि छन्।

२०४८ पछि दुईपटक संसद् सदस्य र पछिल्लो पटक संविधानसभाको सभासद्मा निर्वाचित कोइराला एकपटक पनि मन्त्री नभई प्रधानमन्त्री बनेका नेता हुन्।

mahindaमहिन्दा राजापाक्षे (६९), राष्ट्रपति, श्रीलंकाः पहिलोपटक १९७० मा संसद् सदस्यमा निर्वाचित भएका राजापाक्षे १९९४ देखि २००१ सम्म श्रीलंकाको श्रममन्त्री रहे।

२००२ मा संसद्मा विपक्षी दलको नेता चुनिएका उनी २००४ मा प्रधानमन्त्री र नोभेम्बर २००५ मा कार्यकारी राष्ट्रपति बने।

तीन दशकदेखि चलिरहेको तमिल विद्रोहलाई सैन्यबलबाट समाप्त पारेपछि राजापाक्षे २०१० मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

shekh hasinaशेख हसिना (६७), प्रधानमन्त्री, बंगलादेशः गत जनवरीमा तेस्रोपटक प्रधानमन्त्री बनेकी हसिना १९९० को जनआन्दोलनको नेतृत्व गर्दै पहिलो पटक १९९६ मा त्यो कुर्सीमा पुगेकी थिइन्।

‘बंगलादेश अवामी लिग’ की यी नेतृले २००९ मा दोस्रोपटक प्रधानमन्त्री हुँदा स्वतन्त्रता आन्दोलनताका भएका अपराधमा संलग्नमाथि कारबाही थालिन्।

बंगबन्धु शेख मुजिबर रहमानका पाँच सन्तानमध्ये जेठी हसिना १५ अगस्त १९७५ मा सपरिवार पिताको हत्या हुँदा जर्मनीमा रहेकाले जोगिएकी थिइन्।

nawajनवाज शरिफ (६५), प्रधानमन्त्री, पाकिस्तानः सामाजिक गतिविधिमार्फत राजनीतिमा आएका शरिफ १९८५ र १९८८ मा गरी दुई पटक पञ्जाबको मुख्यमन्त्री तथा १९९० देखि १९९३ सम्म पाकिस्तानको प्रधानमन्त्री रहे। १९९७ को निर्वाचनबाट उनी दोस्रो पटक प्रधानमन्त्री बने।

अक्टोबर १९९९ मा सेनाप्रमुख परबेज मुसर्रफले सैनिक ‘कु’ बाट हटाइएका उनी २०१३ को आमनिर्वाचनबाट तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका हुन्।

ghaniअसरफ घानी (६५), राष्ट्रपति, अफगानिस्तानः २००२–२००४ मा हमिद कारजाईको सरकारमा अर्थमन्त्री भएर महत्वपूर्ण काम गरेका घानी २००९ को राष्ट्रपतीय निर्वाचनमा पराजित भए।

२०१० मा ‘ट्रान्जिसन को–अर्डिनेशन कमिशन’ को अध्यक्ष बनेर घानीले गठबन्धन र बहुराष्ट्रिय सैनिकबाट अफगान सेनामा अधिकार हस्तान्तरणको काम गरे।

अक्टोबर २०१३ मा अफगानिस्तानको राष्ट्रपति बनेका घानीले करीब एकदशक विश्व ब्याङ्कमा मानवशास्त्रीको काम गरेका थिए।

yaminअब्दुल्ला यमिन (६५), राष्ट्रपति, माल्दिभ्सः ‘पब्लिक पोलिसी’ का स्नातकोत्तर यमिन उद्योगमन्त्री, सामाजिक सुरक्षामन्त्री र नागरिक उड्डयनमन्त्री पछि नोभेम्बर २०१३ मा माल्दिभ्स्को छैटौं राष्ट्रपति बनेका हुन्। उनी १९९३ देखि निरन्तर पिपुल्स मजलिस (संसद्) सदस्य छन्।

पूर्वराष्ट्रपति मौमुन अब्दुल गैयुमसँग मिलेर डीआरपी (धिवेही रायीथुंगे पार्टी) स्थापना गरेका यमिन अहिले ‘प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स्’ का अध्यक्ष छन्।

modi_narendraनरेन्द्र मोदी (६४), प्रधानमन्त्री, भारतः गुजरातको सामान्य चियापसलेको छोरा मोदी किशोरावस्थामा हिन्दूवादी राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) बाट राजनीतिमा आए।

भारतीय जनता पार्टी (भाजपा) को स्थापनापछि सक्रिय पार्टी राजनीतिमार्फत तीन कार्यकाल गुजरातको मुख्यमन्त्री भएका मोदी २६ मे २०१४ मा भारतको प्रधानमन्त्री बने।

हिन्दुत्वलाई प्रश्रय दिएको आरोप खेप्दाखेप्दै स्पष्ट बहुमतको प्रधानमन्त्री बनेका मोदीले छिमेकलाई महत्व दिने विदेशनीति अँगाल्ने जनाउ दिएका छन्।

togbeछिरिङ तोब्गे (४९), प्रधानमन्त्री, भूटानः १८औं सार्क शिखर सम्मेलनमा सहभागी राष्ट्र–सरकार प्रमुखहरूमध्ये सबभन्दा कान्छा हुन्, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे।

जुलाई २०१३ मा प्रधानमन्त्री चुनिएका उनी पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) का संस्थापकमध्येका एक हुन्। प्रधानमन्त्री चुनिनुअघि उनी पीडीपीका अध्यक्ष तथा विपक्षी दलका नेता थिए।

जनप्रशासनमा स्नातकोत्तर तोब्गे सरकारी सेवाबाट राजनीतिमा आएका थिए।
________________________________________
शिखर सम्मेलनको तयारी
सार्क शिखर सम्मेलनको सुरक्षाका निम्ति करीब ३५ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको सरकारले सम्मेलनमा सहभागी हुने अति विशिष्ट व्यक्तिहरूको आगमन र प्रस्थानका बेला अरु जहाज नउडाउने निर्णय गर्दै काठमाडौं विमानस्थललाई पाँच दिनसम्म चौबीसै घण्टा खुला राख्ने निर्णय गरेको छ।

‘रिटि्रट’ का लागि धुलिखेल जाने राष्ट्र–सरकार प्रमुखहरूलाई नेपाली सेनाको ‘सुपर–पुमा’ हेलिकप्टरबाट लगिनेछ। ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा पाँच दिनसम्म नम्बरप्लेट जोर–बिजोर गरेर सवारी चलाउने, दुई दिन सरकारी विदा र चार दिन शिक्षण संस्था बन्द गरिंदैछ। सार्क तयारीका लागि शहर सिंगार्न मात्र सरकारले रु.२ अर्बभन्दा बढी खर्च गरेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>