खेलकुदमंगलबार, मंसिर ९, २०७१
पहिलो ब्याटिङमै सोमपालको ‘वर्ल्ड रेकर्ड’
८ मंसीरमा श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा हङकङविरुद्ध ब्याटिङमा उत्रिएका नेपालका सोमपाल कामीले ४० रन बनाएर अहिलेसम्म सर्वाधिक रन बनाउने १० औं नम्बरको ब्याट्सम्यानको किर्तिमान बनाएका छन् ।
उक्त खेलमा नेपालको ८ विकेट झर्दासम्म २५ रनमात्रै बनेको थियो । १८ वर्षीय सोमपालले ३१ बलमा ६ चौका र २ छक्काको मद्दतले ४० रन बनाएका हुन् ।
यसअघि यो किर्तिमान अफगानिस्तानका हामिद हसन (२२ रन) को नाममा थियो ।
४ वटा अन्तर्राष्ट्रिय टी–२० खेलेका तीव्रगतिका बलर सोमपालले पहिलो पटक ब्याटिङको अवसर पाएका थिए । उनको स्ट्राइक रेट १२९.०३ रह्यो ।
प्रतियोगितामा नेपालका तर्फबाट दोहोरो अंक जोड्ने ब्याट्सम्यान उनीमात्रै रहे । उनको सहयोगमा नेपालले ७२ रन बनाउन सक्यो ।
तर, हङकङले १९.५ ओभरमा आठ विकेट गुमाउँदै ७३ रन बनाएर प्रतियोगिता जितेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
