खेलकुदबिहीबार, मंसिर ११, २०७१
बलले लागेर अष्ट्रेलियन क्रिकेटरको मृत्यु
ब्याटिङ गर्ने क्रममा बलले टाउकोमा लागेर घाइते अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यूजको ११ मंसीरमा मृत्यु भएको हो । उनको सिड्नी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अष्ट्रेलियन टीमका डाक्टर पिटर बुकनरले बताए ।
घरेलु प्रतियोगिताको क्रममा न्यू साउथ वेल्सका तीब्र गतिका बलर सिन एबोटले फ्याँकेको बलले लागेर उनी क्रिजमै ढलेका थिए । तत्काल उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएका ह्यूजको शल्यक्रिया गरिए पनि होस नखुलेको डाक्टर बुकनरले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
सन् २००९ मा अष्ट्रेलियाको राष्ट्रिय टोलीमा परेका ह्यूजले २६ टेष्ट खेलेका छन् । उनले एस्टन एगरसँग मिलेर इंगल्याण्डविरुद्धको टेष्टमा दशौं विकेटका लागि १६३ रनको किर्तिमानी साझेदारी गरेका थिए ।
उनले पछिल्लो समयमा युएईमा सम्पन्न पाकिस्तानविरुद्धको एकदिवशीय क्रिकेट खेलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
