Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राउटे पनि रक्सीमा? - Himalkhabar.com

ब्लगबिहीबार, मंसिर ११, २०७१

राउटे पनि रक्सीमा?

मिलन बगाले

राउटे पनि रक्सीमा?दैलेख, सुर्खेत र जाजरकोट जिल्लाका जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायबारेको खबर शहरले रुचिसाथ पढ्छ। अलि अगाडि आएको ‘चार जना राउटेलाई वनरक्षकको जागीर दिइएको’ भन्ने समाचार निकै आशलाग्दो थियो। कात्तिक तेस्रो साता कान्तिपुर दैनिकमा छापिएको राउटेको खबरले भने धेरैलाई दिक्क पारेको हुनुपर्छ– उनीहरूले पनि रक्सी खान सिके रे!

लोपोन्मुख जातिले पाउने सामाजिक सुरक्षा भत्ता बुझ्न थालेपछि राउटेहरू रक्सी पसलतिर धाउन थालेको खबरमा उल्लेख छ। अझै पनि पढ्न–लेख्न, खेतीकिसानी र स्थायी घरजम गर्नुहुँदैन भन्ने मान्यतामा रहेका राउटेहरूलाई भत्ता दिने सरकार र उनीहरूको उत्थानमा लागेकाहरूले रक्सी खानुहुँदैन भन्ने सिकाएको देखिएन। राउटेले ‘भान्जी’ भनेर बोलाउने राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष हरिकला अधिकारीको टीमले पनि यसतर्फ ध्यान पुर्‍याउन सकेनछ। सीप विकासको साटो भत्तामा आश्रित हुन थालेको समुदाय रक्सीमा रुमल्लिन लागेको खबर आफैंमा झस्काउने खालको छ। यसप्रति तत्काल सरकार, प्रतिष्ठान र अरू सबैको ध्यान जानु जरूरी छ।

हिजोआज सरकार फेरिएपिच्छे आफूलाई जंगलका राजा मान्ने राउटे समुदायका मुखियासहितका अगुवाहरूलाई राजधानी काठमाडौं ल्याइने गरेको छ। काठमाडौंमा उनीहरूसँग फोटो खिच्न चाहने धेरै छन्। उनीहरूलाई सिंहदरबारदेखि थुप्रै मन्त्रालय र सबैजसो पार्टीका मुख्यालयमा लगिन्छ, फोटो खिचिन्छ। सिंहदरबारमा देशका प्रधानमन्त्रीलाई काठको टोपी लगाइदिएपछि राउटे मुखिया भन्छन्, “सरकार, जंगलमा मेरा प्रजा भोकै छन्, केही व्यवस्था गरिदिनुपर्‍यो।”

सिंहदरबारको सरकारले पनि वनको राजाको दुःख सुन्ने गरेको छ। सँगसँगै स्थायी बसोबास, खेतीपाती र बच्चा पढाउने अनुरोध पनि गर्ने गरेको छ। बाहिरी संसारसँग घुलमिल नगर्ने भन्दाभन्दै बिस्तारै बाहिरकै नगदमा आश्रित हुन लागेका राउटेहरूले सरकारको अनुरोध ढिलोचाँडो मान्लान् भन्ने आशा गरौं। आर्थिक वर्ष २०६३/६४ देखि नियमित भत्ता पाइरहेका राउटेहरू आजकल भोकै छैनन्, तर उनीहरूलाई कुलतबाट रोक्न सकिएन भने चेतनाविनाको पैसाले भोलि अनेक विकृति निम्त्याउन सक्छ।

परम्परागत सीप सम्बर्द्धन

काठका भाडा बनाउने कलामा राउटेहरू अति नै सिपालु छन्। उनीहरूले अहिलेसम्म त्यही परम्परागत सीपलाई अन्नसँग साटेर जीविका चलाउँदै आएका छन्। त्यो सीपको सम्बर्द्धनबाट राउटेहरूको परनिर्भरता कम हुन्छ। राउटेहरूको बसोबास रहेको जंगलमा गएर जसलाई जे मन लाग्यो त्यही बाँडिदिने चलनले उनीहरूको जीवनमा अप्ठ्यारो मात्रै ल्याउनेछ। केही महीनाअघि एउटा गैर–सरकारी संस्थाले ‘राउटेलाई राहत’ भन्दै मिनरल वाटरका बोतल बाँडेको खबर अखबारमा आएको थियो। त्यस्तो पनि राहत हुन्छ?

काठका भाँडा बिक्न छोडेको र काठ पनि पाउन छाडेको राउटे अगुवाहरूको भनाइ छ। समस्याको समाधान पनि यहीं छ। राउटेहरूलाई सहज रूपमा काठ उपलब्ध हुने प्रशासनिक बन्दोबस्त मिलाउने र सीपमा आधुनिक औजार–प्रविधि मिसाउने हो भने उनीहरूको कला शहर–बजारका घरघर पुगेर उनीहरूको आत्मनिर्भरताको बाटो खुल्थ्यो। राउटेको हितमा लागेका वा लाग्नेहरूले काठमाडौं लगायतका शहरमा उनीहरूका काष्ठकला बिक्री गर्ने पसल खोल्न पहल गर्नुपर्छ। मिहिनेतले आर्जेको पैसा हात पारेपछि राउटेलाई त्यसै पाएको भत्ता जसरी जथाभावी उडाउन सकस हुन्थ्यो। कुन रूख काट्ने, कुन नकाट्ने भन्ने विशिष्ट ज्ञान उनीहरूसँग छँदैछ, पैसाको हिसाब गर्न सिकेपछि पढाइलेखाइको महत्व पनि बुझलान्।

भत्ता बाँडेर आफ्नो कर्तव्य पूरा भएको ठान्नुभन्दा विशिष्ट सीप प्रबर्द्धनबाट उनीहरूलाई आत्मनिर्भर बन्न सिकाउनु त्यसै पनि दीगो कुरा हो। भत्ताको पैसाले रक्सीतिर लहसिएका उनीहरूले बिस्तारै काठको काम छाड्दैछन्। जोसँग जे सीप छ, त्यसैको प्रबर्द्धन गरेर मात्र उसलाई राष्ट्रिय जीवनको मूल प्रवाहमा ल्याउन सकिन्छ। दाता हुने सोचभन्दा माथि उठेर राउटेलाई आफ्नै सीपको बलले बाँच्ने बनाउनेको जय होस्!

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>