Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अख्तियारको डरले १०३ कर्मचारीकाे राजिनामा - Himalkhabar.com

थप समाचारबिहीबार, मंसिर ११, २०७१

अख्तियारको डरले १०३ कर्मचारीकाे राजिनामा

हिमालखबर

सहायक वनरक्षक, फरेस्टर, सशस्त्र वनरक्षक, जमदार र नायब सुब्बासमेतले राजीनामा दिएको क्बबबषेत्रीय वन निर्देशनालय विराटनगरले जनाएको छ । पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयअन्तर्गत मोरङबाट सशस्त्र वनरक्षक २३, सहायक वनरक्षक ११, फरेस्टर चार, जमदार १२ र अन्य चारजना गरी जम्मा २६ जना कर्मचारीले राजीनामा दिएका छन् ।

सुनसरीबाट जमदार १०, सशस्त्र वनरक्षक १०, फरेस्टर दुई नायब सुब्बा एक, वनरक्षक पाँच र अन्य आठजना गरी जम्मा १८ जना कर्मचारीले अहिलेसम्ममा राजीनामा गरिसकेका छन् ।

सप्तरीमा सहायक वनरक्षक ५, सशस्त्र वनरक्षक ७, फरेस्टर एक, जमदार २ र अन्य १ जना छन् । सिराहाबाट राजीनामा दिनेमा सहायक वनरक्षक ५, सशस्त्र वनरक्षक ८ , जमदार ३ जना छन् । उदयपुरबाट  फरेस्टर ६, सशस्त्र वनरक्षक १९, जमदार १९ र अन्य छजना कर्मचारीले सम्बन्धित जिल्ला वन अधिकृतलाई राजीनामा बुझाएको क्षेत्रीय वन कार्यालय विराटनगरले जनाएको छ ।

झापाबाट अहिलेसम्म राजीनामा दिनेमा फरेस्टर ३, सशस्त्र वनरक्षक १४, ड्राइभर एक र जमदार १४ जना छन् । त्यस्तै, इलामबाट जमदार ८, सशस्त्र वनरक्षक ८, फरेस्टर ५, वनरक्षक १ र अन्य ६ जना कर्मचारीले राजीनामा गरेका छन् ।

कर्मचारीले पद त्यागेपछि यी जिल्लाहरुमा वनको सुरक्षामा समस्या भएको क्षेत्रीय वन निर्देशक प्रकाशनाथ प्याकुरेलले बताए । अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिन गर्न थालेपछि राजिनामा दिन थालेको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>