थप समाचारशुक्रबार, मंसिर १२, २०७१
पाकिस्तानी जेलमा रहेका ४० भारतीय कैदी रिहा
भारत र पाकिस्तानका प्रधानमन्त्रीद्वय नरेन्द्र मोदी र नवाज शरीफले सार्क सम्मेलन समापन समारोहमा हात मिलाएको अर्को दिन पाकिस्तानले कराचीको जेलमा रहेका ३६ मछुवारासहित ४० भारतीय कैदीलाई मुक्त गरेको छ ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले पनि पाकिस्तानले भारतीय नागरिक रिहा गरेको पुष्टि गरेका छन् । उनका अनुसार सबै ४० जनालाई पाकिस्तानले १३ मंसीरमा भारतलाई बुझाउनेछ ।
सबै कैदीहरुलाई लाहोर हुँदै वाघा सीमामा भारतीय अधिकारीलाई बुझाइने पाकिस्तानी अधिकारीले जनाएका छन् ।
भारत र पाकिस्तानबीचको जल सीमामा चिन्ह नहुँदा माछा मार्न जानेहरु अर्कोको सीमामा पुग्दा पक्राउ पर्ने गर्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
