Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सीओपीडीको हैरानी - Himalkhabar.com

टिप्पणीशनिबार, मंसिर १३, २०७१

सीओपीडीको हैरानी

डा. सुमनराज ताम्राकार

COPDमेडिकल भाषामा सीओपीडी भनिने यो श्वासनली साँघुरिने जीर्ण प्रकारको रोग हो। सीओपीडी भएकाहरूलाई श्वासनली साँघुरिंदै गएर सास फेर्न गाह्रो हुन्छ। जाडोयाममा यो रोग बल्झिएर अस्पताल धाउनेको संख्या बाक्लै हुन्छ। सीओपीडी हुनुको प्रमुख कारण धूमपान भए पनि वायु प्रदूषण र रासायनिक पदार्थ मिसिएको धुवाँले यसलाई मलजल गर्ने हुनाले नेपाल जस्ता कम विकसित देशहरूमा यो रोगबाट पीडितहरूको संख्या अधिक हुन्छ।

लामो समयसम्म धूमपान गर्ने, धुवाँ तथा वायु प्रदूषणमा रहने (ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) मानिसहरू सीओपीडीको बढी जोखिममा हुन्छन्। नेपालको शहरी क्षेत्र बाहेक अन्य ठाउँमा (विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा) खाना पकाउन तथा कोठा न्यानो बनाउन परम्परागत रूपमा दाउरा बाल्ने चलन छँदैछ। त्यसैले पनि नेपालमा सीओपीडीबाट पीडितको संख्या धेरै भएको हो। यद्यपि यो रोग एक व्यक्तिबाट अर्कोमा सर्दैन।

कारण, लक्षण र रोकथाम

दम, ब्रोङ्काइटिस र निमोनिया श्वासप्रश्वास सम्बन्धी रोग अन्तर्गत पर्छन्। अन्य मौसममा पनि भइरहने दमको समस्या धुवाँको कारण श्वासनली खुम्चिंदा अझ् बढ्छ। चिसोले पनि दमलाई बढाउँछ। त्यसैगरी, श्वासनली सुन्निएर कम्तीमा तीन महीनासम्म खोकी लाग्ने ब्रोङ्काइटिसको समस्या पनि जाडो महीनामै ज्यादा हुन्छ। रुघाखोकी तथा अन्य भाइरल संक्रमण बिग्रेर वा दम, ब्रोङ्काइटिसका कारण खकार जमेर छाती पाक्ने अवस्थालाई निमोनिया भनिन्छ। उमेर पुगेका व्यक्तिहरूलाई शिथिल गराउने श्वास–प्रश्वास सम्बन्धी समस्याका कारण अकालमा मृत्यु पनि गराउन सक्छ।

चिसोबाट हुने एलर्जी र न्यानोका लागि आगो ताप्ने क्रममा आउने धुवाँ एवं चुरोट तथा हुक्काको अत्यधिक सेवनले श्वासप्रश्वास सम्बन्धी समस्यालाई झ्नै बढाउँछ। सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, स्याँ–स्याँ बढ्ने, अनुहार नीलो हुने, र्‍याल जस्तो वा पाकेको खकार आउने, ज्वरो आउने, छाती कस्सिएको अनुभव हुने, घाँटीको तथा करङको मांसपेशी खुम्चिने आदि भयो भने त्यसलाई श्वासप्रश्वासको समस्या बढेको लक्षणको रूपमा लिनुपर्छ। यस्ता लक्षणहरू ४० वर्ष पछि मात्र देखा पर्छन्।

शारीरिक जाँच पड्ताल, छातीको एक्सरे, श्वासप्रश्वास सम्बन्धी विषयगत जाँच, रगत तथा खकारको जाँचबाट कुन प्रकारको श्वासप्रश्वासको समस्या हो निर्क्योल गर्न सकिन्छ। जुन प्रकारको श्वास सम्बन्धी समस्या भए पनि प्रतिजैविक (एन्टीबायोटिक) औषधि, श्वासनली ठूलो पार्ने, सुजन (सुन्निएको) कम गर्ने औषधि र अक्सिजनसहितको उपचारको आवश्यक पर्दछ। तर, कतिपय श्वासप्रश्वास सम्बन्धी समस्या लामो समयसम्मको धुवाँ–धूलोको कारणले श्वास नली र फोक्सोमै स्थायी रूपमा परिवर्तन आउने हुनाले यी रोगहरूलाई पूर्णरूपमा निको गर्न गाह्रो हुन्छ।

अन्य रोगव्याधी जस्तै सीओपीडीलाई पनि सकेसम्म हुनै नदिनु जाती। सीओपीडी लागिसकेको भए यसबाट हुने जटिलता घटाउनुपर्छ। प्रमुख कारणको रूपमा रहेको धूमपानलाई चटक्कै छाडिदिनु यो रोगको जटिलता घटाउने पहिलो उपाय हो। यसको अलावा धुवाँ–धूलो तथा अन्य वातावरणीय प्रदूषणबाट बच्नुपर्छ। सीओपीडी समयक्रमसँगै बढ्दै जान्छ। यसको ठ्याक्कै निको हुने उपचार छैन, तर नियमित औषधि सेवन तथा आनीबानी परिवर्तनबाट रोग बढ्ने दर र जटिलता घट्छ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>