थप समाचारशनिबार, मंसिर १३, २०७१

गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि

हिमालखबर

सुरक्षित गर्भपतन गराउने व्यवस्था भएपछि भारतीय निजी क्लिनिकमा चर्को शुल्क तिरेर गर्भपतन गराउँदै आएका महिला स्वास्थ्य चौकीमा पुगेर गर्भपतन गराउन थालेका छन् ।

विगतमा अवैध र अनिच्छित गर्भ रहन गएको खण्डमा घरमै जडीबुटीको प्रयोग गर्ने र पेट थिचेर गर्भपतन गराउने कार्य हुँदै आएकामा हाल स्वास्थ्य चौकीले सुरक्षित गर्भपतन सेवा सुरु गरेपछि त्यो कार्य पूर्ण रुपमा रोकिएको स्वास्थ्च चौकीका अनमी रत्ना ठगुन्नाले बताए ।

“गर्भपतन गराउन आउने महिलाको नाम र ठेगाना गोप्य राखिने गरिएकाले महिला निर्धक्कसँग स्वास्थ्य चौकी पुगेर गर्भपतन गराउँदै आएका छन्”, उनले भने ।

गाउँका महिलाले स्वास्थ्य स्वयम्सेवीकालाई गर्भपतनबारे जानकारी गराउने र स्वास्थ्य चौकी पुगेर गर्भपतन गराउँदै आएका छन् ।

स्वास्थ्य चौकीमा आठ महिनाको अवधिमा ७० जना महिलाले गर्भपतन गराएको स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाले बताए । उनका अनुसार गर्भपतन गराउने महिलामा २० देखि ४० वर्षसम्मका रहने गरेका छन् । स्वाथ्य चौकीले नौ हप्तासम्मको गर्भपतनको कार्य गराउँदै आएको छ ।

गर्भपतन सेवापछि देखिने जटिलताका लागिसमेत स्वास्थ्य चौकीले सेवा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>