थप समाचारआइतबार, मंसिर १४, २०७१
राष्ट्रिय सभागृह अब विशेष समारोहलाई मात्रै
अन्तर्राष्ट्रियस्तरको सभाहल बनाउन यहाँ लगभग रु. २० करोड खर्च भएको हुनाले काठमाडौँ महानगरपालिकाले छुट्टै निर्देशिका बनाएर विशेष समारोहका लागि मात्र हल प्रयोग गर्न दिने तयारी गर्न लागेको महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले बताए ।
शिखर सम्मेलनका लागि सरकारले सो हल लिएको हुनाले महानगरपालिकालाई फिर्ता हुने बित्तिकै निर्देशिका बनाएर हल सञ्चालन गरिनेसमेत उनले बताए । सम्मेलनस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले अहिले पनि सम्मेलनस्थलको सुरक्षा गरिरहेका छन् ।
त्यस्तै, महानगरपालिकाले सार्कका अवसरमा गमला र विभिन्न स्थानमा रोपेका बिरुवा चोरी गर्ने र तोडफोड गर्नेलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही गर्ने जनाउ यसअघि नै दिइसकेको छ ।
सार्कका अवसरमा महानगरपालिकाले ५०० वटा गमला र विभिन्न खाली स्थानमा ४७५ वटा बिरुवा रोपेको थियो । ती बिरुवाको सुरक्षाका लागि प्रत्येक दिन महानगरपालिकाले पानी हाल्ने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
