अर्थ/बजारआइतबार, मंसिर १४, २०७१

सिन्धुपाल्चोक पहिरोले अवरुद्ध विजुली बल्न थाल्यो

हिमालखबर

पहिरोले क्षति पु-याएपछि झन्डै चार महिनापछि १०.०५ मेगावाट क्षमताको उक्त आयोजना अस्थायी रूपमा सञ्चालनमा ल्याइएको केन्द्रका इन्जिनियर सञ्जय पाठकले बताए । तीनवटा मेसिनबाट पूरा क्षमतामा उत्पादन हुँदा दुई लाख ४१ हजार २०० युनिट विद्युत् उत्पादन हुने उक्त आयोजनामा पानीको बहावअनुसार अहिले दुईवटा मेसिन मात्र सञ्चालन भई ७.२ देखि ८ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

जुरे पहिरोले सुनकोसी थुनिएको १२ घन्टापछि खुलेको कृत्रिम तालको बहावले बाँधको दुई ढोका बगाएको थियो । त्यस्तै थुनिएको ३७ दिनपछि २२ भदौ थप खुलेको तालको बहावले अर्काे दुई ढोकालाई आंशिक क्षति पु¥याउनुका साथै नहरमा बालुवा जमेर उत्पादनमा समस्या उत्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>