समाचारबिहीबार, आश्विन २५, २०६९

दाहाल बेल्जियम जाँदै, सहमति अँझै टाढा

सञ्जीव शर्मा

दाहाल पार्टी कामको सिलसिलामा चार दिनका लागि बेल्जियम जान लागेको माओवादीले जनाएको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुन २५ असोजदेखि जापानको टोकियोमा आयोजना हुने विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी हुन २४ असोजमा त्यसतर्फ गएका छन् ।

नेकपा एमालेका नेता केपी शर्मा ओली अहिले मेक्सिकोमा छन् । एसियाली राजनीतिक दलहरुको सम्मेलनमा भाग लिन २३ असोजमा मेक्सिको गएका ओली त्यहाँबाट श्रीलंका जाने कायक्रम छ । एमालेका अर्का नेता पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल पनि जापान भ्रमणबाट भर्खरै फर्केका छन् ।

नेपाली कांग्रेसका सभापति सुशील कोइराला लगायतका नेताहरु कैलाली पुगेका छन् । पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको पूर्वसन्ध्यामा कांग्रेसका नेतात्रय कोइराला, शेरवाहादुर देउवा र रामचन्द्र पौडेललगायत अन्य नेताहरु कैलालीमै छन् ।

कहिले संविधान सभाको पुनःस्थापना त कहिले निर्वाचन भन्दै नेपाली राजनीतिको ‘कोर्स’ परिवर्तन गरिरहने नेताहरुले राष्ट्रपति रामबरण यादवसामु प्रतिवद्धता गरे अनुसार असोजभित्रै राष्ट्रिय सहमति नबन्ने पक्का भइसकेको छ ।

अब केही दिनमै  दशैं शुरु हुन्छ, त्यसपछि  तिहार र छठ । पर्वपछि फेरि एकपटक नेपाली राजनीतिमा वार्ता र छलफलका शृंखला शुरु हुनेछन् र त्यसले केही समय लिनेछ । नेताहरुको झुठो प्रतिबद्धताको शृंखलाले राष्ट्रिय सहमतिको संभावना झन टाढा बनाएको छ ।

hfkfg e|d0faf6 ev{/} kms]{sf 5g\ .

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>