थप समाचारसोमबार, मंसिर १५, २०७१

चार पत्रकारलाई सेजन अवार्ड

हिमालखबर

चार पत्रकारलाई सेजन अवार्डनेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्ड चार पत्रकारले पाएका छन् । सेजनको १७औं स्थापना दिवसको अवसरमा १५ मंसीरमा आयोजित कार्यक्रममा अवार्ड वितरण भएको हो ।

अवार्ड पाउनेमा सुजन ओली, राजु चौधरी, भागवत भट्टराई र हिमाल पौडेल छन् । सबै पत्रकारलाई जनही रु.२५ हजार सहित अवार्ड वितरण गरेको सेजनले जनाएको छ ।

अवार्ड वितरण समारोहमा अर्थमन्त्री रामशरण महतले आर्थिक विषयलाई केन्द्रविन्दुमा राखेर राज्यका हरेक क्रियाकलाप अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले आर्थिक विकासमा सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिँदै जनताको आर्थिक अवस्थामा सुधार आएपछि मात्र देश समृद्धिको बाटोमा लाग्ने बताए ।

उनले भने, “हरेक नेपालीको जीवनस्तर उठाउनेतर्फ सबै क्षेत्रको ध्यान जानुपर्छ, उत्पादकत्व बढाउने क्षमतामा सुधार ल्याउनुपर्छ भन्ने चेतनास्तर विकास गर्नमा ध्यान जानुपर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>