रमझमबिहीबार, आश्विन २५, २०६९
एकमुष्ट ऋतुविचार
ऋतुविचार (व्यंग्य संग्रह)
लेखकः ऋतुराज
संकलकः डम्बरकृष्ण श्रेष्ठ
प्रकाशकः जगदम्बा प्रकाशन
मूल्यः रु.३००, पृष्ठः २३५+१२
हिमाल मा विभिन्न सामग्रीका बीच आउने ऋतुराजका सामाजिक व्यंग्यले स्वादिलो चटनीले झै पाठकको जिब्रो लठ्याएका थिए। ‘सोसल आईरनी’ भनिए पनि ऋतुराजले राजनीतिदेखि रात्रिजीवनसम्म, अर्थतन्त्रदेखि आर्किटेक्चरसम्म र साहित्यदेखि सौन्दर्यशास्त्रसम्मका पित्को पस्किएका थिए। उनको जनसम्पर्क, अध्ययन र अनुभवको दायराले चटनीलाई स्वादिलो बनाएको थियो। त्यो स्वादका लागि अब पाठकले पुराना हिमाल पल्टाइरहनुपर्दैन। ऋतुविचार ग्रन्थकै रूपमा बजारमा आएको छ, उही नामबाट।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
