थप समाचारसोमबार, मंसिर १५, २०७१
तीन देशमा राजदूत नियुक्त
कुबेतका लागि यज्ञबहादुर हमाल, फ्रान्स अम्बिकादेवी लुइँटेल र दक्षिण अफ्रिकाका लागि अमृतबहादुर राई राजदूतमा नियुक्त भएका हुन् । उनीहरुलाई १५ मंसीरमा राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा सहसचिव पदमा कार्यरत तीनै जनालाई सरकारले सम्बन्धित मुलुकको राजदूत पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । सरकारी निर्णय पछि राष्ट्रपति रामवरण यादवले तीन जनालाई राजदूत नियुक्त गरेका हुन् ।
दक्षिण अफ्रिका, कुबेत र फ्रान्सका लागि सिफारिश गरेका तीन जना नेपाली राजदूतको नियुक्तिका लागि केही दिन पहिले स्वीकृति प्राप्त भएको छ ।
थाइल्याण्ड र क्यानाडाका लागि सिफारिश गरिएका राजदूतहरूको अनुमोदनपत्र भने प्राप्त भइसकेको छैन । सम्बन्धित तीन मुलुकबाट प्राप्त स्वीकृतिपत्र १४ मंसीरमा परराष्ट्र मन्त्रालयले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
