थप समाचारसोमबार, मंसिर १५, २०७१

जोशीलाई ‘शताब्दी पुरुष’को उपाधि

हिमालखबर

देबकी बिष्ट

जोशीलाई ‘शताब्दी पुरुष’को उपाधि

तस्वीरः देबकी बिष्ट

नागरिक समाजले ९५ वर्षीय जोशीलाई सरकारको उपस्थितिमा ‘शताब्दी पुरुष’ को उपाधि दिएको हो । त्रिमूर्ति निकेतनले १५ मंसीरमा गरेको ‘सत्यमोहन जोशी महोत्सव’मा उपप्रधानमन्त्री वामदेव गौतम र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइबराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र प्रदान गरी उनलाई सम्मान गरे ।

‘शताब्दी पुरुष’ जोशीलाई रु.पाँच लाख नगद पनि प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपाली कला, साहित्य, संस्कृति, भाषा आदि क्षेत्रको अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखन तथा अनेकौं सङ्घसंस्थाको सञ्चालन, निर्देशन र नेतृत्व गरेका जोशी नेपाल भाषा एकेडेमीका कुलपति तथा नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य पनि हुन् ।

तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>