थप समाचारमंगलबार, मंसिर १६, २०७१

उत्तरपुस्तिका जाँच्नेको पारिश्रमिक बढ्यो

हिमालखबर

बढ्दो मूल्यवृद्धिसँगै उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक लामो समयसम्म नबढाइएको भन्दै परीक्षकको गुनासो बढेपछि यसै वर्षदेखि त्रिविले पारिश्रमिक बढाउने निर्णय गरेको हो । त्रिवि कार्यकारी परिषद्को गत ३० कात्तिकको निर्णयअनुसार यसअघि दिँदै आइएको स्नातक तहको प्रतिउत्तरपुस्तिका परीक्षणको रु २० लाई रु ३५ र स्नातकोत्तरको प्रतिउत्तरपुस्तिका रु २५ लाई रु ४० कायम गरिएको छ ।

उक्त निर्णयको कार्यान्वयन हाल वितरण गर्न लागिएको स्नातक तह प्रथम वर्षको उत्तरपुस्तिका परीक्षणमा नै लागु गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले तयारी गरेको परीक्षा नियन्त्रक केशव बास्तोलाले जानकारी दिए ।

उत्तर पुस्तिका बुझाउने क्रममा विगतमा भइरहेका ढिलासुस्ती एवम् लापरबाहीलाई हटाउन यस पटक भने विभिन्न मापदण्ड निर्धारण गरिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>