Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चीनबाट १० हजार गाई ल्याइने - Himalkhabar.com

अर्थ/बजारमंगलबार, मंसिर १६, २०७१

चीनबाट १० हजार गाई ल्याइने

हिमालखबर

dairy-cow1नेपालमा माग अनुसार दूधको आपूर्तिका लागि भारतबाट १० हजार उन्नत जातका गाई ल्याउन प्राविधिक कठिनाइ भएपछि सरकारले चीनबाट उक्त संख्यामा गाई ल्याउने प्रक्रिया अघि बढाएको छ ।

चीनका कृषि सचिव वेइ चावन नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलसँग १५ मंसीरमा पहिलोचरणको वार्ता गरेपछि कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले चीनसँग कृषि, पशुपालनलगायत पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

चिनियाँ प्रतिनिधिमण्डलसँगको वार्ता सकारात्मक रहेको जानकारी दिँदै उनले चीनबाट १० हजार गाई ल्याउने प्रक्रिया जारी रहेको जानकारी दिए । “यहाँस्थित राजदूतावासमार्फत चीनको केन्द्रीय सरकारसँग कुरा गरी गाई ल्याउने प्रयासमा छौं ।”

चीनको सिचुवान प्रान्तबाट गाई ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले वार्तामा उच्च जातका रेशम, धान र उखुका बीउ प्रदान गर्न चिनियाँ पक्ष सकारात्मक रहेको बताए ।

चीनबाट नेपालका लागि अर्थपूर्ण एवम् प्रतिफल प्रदान गर्ने कृषि परियोजनामा सहयोग जुटाउन आफू लागिपरेको मन्त्री पराजुलीको दाबी थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>