थप समाचारमंगलबार, मंसिर १६, २०७१
सुर्खेतमा जीप दुर्घटना हुँदा ११ घाइते
यात्रु बोकी हिँडेको जिपको टायर फुत्किएर दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते हुनेमा वीरेन्द्रनगर– १८ का प्रेम भारती, वडा नं ४ का बलबहादुर सार्की र धनबहादुर खत्री, वडा नं ३ का गगन दर्लामी, वडा नं ७ का केशरबहादुर डाँगी, वडा नं ५ का प्रेमबहादुर थापा, वडा नं १ का रत्नबहादुर विक, दैलेख– ९ का अमकला विक र हरिहरपुरकी माया मन्दिर घाइते भएका छन् ।
चालक रत्नबहादुर विक र प्रेमबहादुर थापा गम्भीर रहेको ट्राफिक प्रहरी हवल्दार प्रविनकुमार थापाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
