थप समाचारमंगलबार, मंसिर १६, २०७१
आइएस नेता बगदादीका पत्नी र छोरी पक्राउ

इराकको मोसुलस्थित मस्जिदमा भाषण गर्दै गरेको यो व्यक्तिलाई बगदादी भएको दाबी गरिएको छ । फाइल तस्वीरः रोयटर्स
इराक र सिरियाको ठूलो भागमा कब्जा जमाएको उग्रवादी समूह आइएसका नेता बगदादीका पत्नी र छोरीलाई लेवनन्को सेनाले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बेरुतबाट प्रकाशित हुने ‘अल–सफिर’ का अनुसार नक्कली पासपोर्टमा सिरियाबाट लेवनन् छिरेका बगदादीका छोरी र पत्नीलाई लेवनन्को सेनाले १० दिन अघि नै हिरासतमा लिइसकेको भए पनि उनीहरुको नाम र तस्वीर सार्वजनिक गरेको छैन । उनीहरुलाई विदेशी खुफिया मेशनरीको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।
यो गिरफ्तारी बगदादीका लागि झट्का भएको र लेवननले उक्त समूहसँग ‘बार्गेनिङ चिप’ का रुपमा प्रयोग गर्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । आइएसले पश्चिमा देशका कैयनको ज्यान लिनुका साथै लेवननका २० जना सेनालाई बन्धकसमेत बनाएको छ ।
आइएसका सहयोगी विरुद्ध कारवाही शुरु गरेको लेवननले हालैका दिनहरुमा आइएसका कार्यकर्ताहरुलाई समेत गिरफ्तार गरेको छ ।
बगदादीका पत्नी र छोरी लेवननमा पक्राउ परेका बारे आइएस सम्बद्ध वेभसाइटहरुमा अहिलेसम्म केही उल्लेख छैन ।
गत जुलाईमा आइएसका सहयोगीहरुले सामाजिक सञ्जालमा प्रकाशित गरेको बगदादीको विवरणमा उनी विवाहित भएको उल्लेख भए पनि उनका कतिवटा पत्नी र सन्तान छन् भन्ने खुलाइएको थिएन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
