थप समाचारमंगलबार, मंसिर १६, २०७१
‘एचआईभीको भाइरस कमजोर हुँदै छ’
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भएको वैज्ञानिक अध्ययन अनुसार एचआइभी संक्रमणबाट एड्स हुने प्रक्रिया सुस्त हुँदै गएको छ र यो पहिले भन्दा कम संक्रामक पनि भएको छ ।
भाइरसमा आएको यो परिवर्तनबाट एड्सको महामारी रोक्ने प्रयासमा सहयोग पुग्ने अध्ययनले निष्कर्ष निकालेको छ ।
केही भायोरोलोजिस्टले त भाइरसमा आएको परिवर्तनको प्रक्रिया जारी रहँदा विस्तारै यो हानीरहित हुने सम्भवना रहेको पनि बताएका छन् ।
एचआइभीबाट अहिलेसम्म विश्वका करिब ३५ करोड मानिस प्रभावित भइसकेका छन् ।
एचआइभी भाइरसमा मानव शरीरको प्रतिरक्षा प्रणाली अनुकुल आफूलाई परिवर्तन गर्ने र त्यसको असरबाट सहजै बच्ने क्षमता हुन्छ ।
प्राध्यापक फिलिप गोल्डरका अनुसार अहिले भने एचआइभी भाइरसको त्यस्तो क्षमता क्षय हुँदै गएको छ जसले गर्दा यसको संक्रमण शक्ति घट्नुका साथै एड्स बन्ने प्रक्रिया सुस्त भएको छ ।
‘प्रोसिडिङ अफ द नेशनल एकेडमी अफ साइन्सेज’ को परीक्षणले पनि एन्टिरेट्रोभाइरल औषधिको प्रभावका कारण एचआइभी कमजोर हुँदै गएको देखाएको छ ।
प्राध्यपक गोल्डर भन्छन, “२० वर्षअघि एचआइभीले एड्सको रुप लिन १० वर्ष लाग्ने गरेकोमा अहिले साढे १२ वर्ष लाग्छ ।”
यद्दपी समूहले एचआइभी कमजोर भएको मानिए पनि यो अझै पनि खतरनाक र यसबाट एड्स हुने सम्भावना उत्तिकै रहेको उल्लेख गरेको छ ।
बीबीसीबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
