थप समाचारबुधबार, मंसिर १७, २०७१

एकल महिलालाई यातायातमा २५ प्रतिशत छुट

हिमालखबर

महाकाली सेती यातायात व्यवसायी समिति कञ्चनपुरले एकल महिलालाई यातायातमा २५ प्रतिशत छुट दिन शुरु गरेको छ ।

स्थानीय अधिकारकर्मी सीता बोहराले एकल महिलाको आग्रहपछि यातायात समितिले २५ प्रतिशत छुट दिएको जानकारी दिइन् । एकल महिलाको परिचयपत्रका आधारमा छोटो तथा लामो दूरीमा यात्रा गर्दा उनीहरूलाई छुटको व्यवस्था गरेको महाकाली व्यवसायी समितिले जनाएको छ ।

महाकाली यातायात समितिका अध्यक्ष बाबुराम शर्माले अकालमै श्रीमान् गुमाएका महिला आर्थिक रूपमा कमजोर भएका कारण उनीहरूलाई सुविधा दिनका लागि समितिले मङ्सिर पहिलो हप्तादेखि उक्त सुविधा दिएको जानकारी दिए ।

कञ्चनपुरमा ३५० जनालाई परिचयपत्र वितरण गरिएको द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले जनाएको छ ।

उनका अनुसार जिल्लामा पाँच हजारभन्दा बढी एकल महिला छन् । बाँकी महिलालाई पनि परिचयपत्र उपलब्ध गराइने अध्यक्ष बोहराले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>