थप समाचारबुधबार, मंसिर १७, २०७१
बाबुरामलाई स्वविवेकको अधिकार
नयाँ संविधानका विवादित विषयमा कांग्रेस एमालेलगायत दलले राखेको साझा प्रस्तावलाई संविधानसभामा पठाउने वा नपठाउनेबारे संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई स्वविवेकको अधिकार दिइएको छ ।
१७ मंसीर विहान बसेको सम्वाद समितिको बैठकले भट्टराईलाई स्वविवेक प्रयोग गर्न अधिकार दिइएको हो । सत्तारुढ दलहरुको साझा प्रस्तावपछि अन्यौल बनेको सम्वाद समितिको काम कार्बाही के गर्ने भन्नेबारे समितिका सभापतिलाई निर्णय गर्ने अधिकार दिइएको एमाले सचिव योगेश भट्टराईले बताए ।
एमाओवादी लगायत प्रतिपक्ष दलहरु सत्तारुढ दलहरुको प्रस्ताव संविधानसभामा लैजान नहुने अडानमा रहेपछि सम्वाद समितिको अन्यौल बन्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
