रमझमबुधबार, मंसिर १७, २०७१

दोहोरीकी नयाँ स्टार

हिमालखबर

बर्दियाका मञ्चहरूमा प्रगतिशील गीत गाउँदै हिंड्ने गुलरिया नगरपालिका–१६dda खैरापुरकी पूर्णकला २०६५ सालमा राजधानी पसेर लोकदोहोरीमा स्टार बनेकी छन्।

२०६६ बाट व्यावसायिक गायनमा लागेकी उनी छोटो अवधिमै चम्किने गायिकामा पर्छिन्। काठमाडौं आएपछि फटाफट अगाडि बढ्ने अवसर पाएकी पूर्णकला आफूलाई भाग्यमानी गायिका मान्छिन्। हुन पनि, उनले पाँच वर्षको अवधिमा ११०० गीत गाउन पाएकी छन्, जसमा व्यावसायिक रुपमा हिटको सूची लामो छ। “आजको मितिमा म अति व्यस्तको सूचीमा पर्ने गायिका पनि हुँ”, पूर्णकला भन्छिन्।

हिजोआज उनी रेडियो/टेलिभिजनमा सर्वाधिक सुनिने लोकदोहोरी गायिका हुन्। कहिले त दिनमै दुई/तीन वटासम्म गीत रेकर्ड गराउँछिन्, उनी। यो चल्तीले उनलाई देश–विदेशका स्टेज कार्यक्रमहरूमा पनि लोकप्रिय बनाएकोछ। बसन्त थापासँग ‘डाँडै बिसाउनी…’ गाएपछि लोकदोहोरीको भर्‍याङ चढ्न थालेकी पूर्णकला आफूले सोचेभन्दा बढी सफलता पाएको ठान्छिन्।

यस वर्षको लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको लोकदोहोरी अवार्डमा सर्वोत्कृष्ट गायिका बनेकी उनको लोकदोहोरी गायनमा आफ्नै मान्यता छ– सभ्य–शालीन गीत मात्र गाउने। “नेपाली लोक भन्नुस् या लोकदोहोरी, यसलाई उच्छृङ्खलताको बैसाखी चाहिंदैन”, पूर्णकला भन्छिन्, “मिडियाले प्रश्रय दिएको कारण छाडापन भएका गीतहरू हिटजस्तो देखाएको मात्र हो।”

ऋषिराम कट्टेल

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>