थप समाचारबिहीबार, मंसिर १८, २०७१
कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते
लेटाङ–९ मा अनियन्त्रित भई दुर्घटना लेटाङ–२ निवासी ५५ वर्षीया नरमाया श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनापछि गम्भीर घाइते भएकी श्रेष्ठको पथरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी विराटनगर–१५ निवासी ६२ वर्षीया पदममाया श्रेष्ठको विराटनगरस्थित गोल्डेन अस्पतालमा र विराटनगर–५ निवासी २० वर्षीया मिना नेपाली र उनको दुई वर्षीय छोरा विज्ञान नेपालीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
