थप समाचारबिहीबार, मंसिर १८, २०७१

डुंगाबाट गाँजा निकासी गर्ने ५ जना पक्राउ

हिमालखबर

 गाँजासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय राजविराजमा सार्वजनिक गर्दै प्रहरी । तस्वीरः श्रवणकुमार देव


गाँजासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय राजविराजमा सार्वजनिक गर्दै प्रहरी । तस्वीरः श्रवणकुमार देव

प्रहरीले कोशी नदी हुँदै डुँगामा १७० किलो गाँजा भारततर्फ लगिरहेका दुई जना भारतीय र तीन जना नेपालीलाई सप्तरीको भारदाहबाट पक्राउ गरेको छ ।

सात वटा बोरामा राखेर गाँजा भारततर्फ लगिरहेका भारदह–१ का ३४ बर्षीय इन्द्रनारायण माझी, २० बर्षीय सुभाष मण्डल र भारदह– ६ निवासी २४ बर्षीय रामेश्वर मेहता तथा भारतको सुपौलका ३२ बर्षीय उमेश साह र ३० बर्षीय रवीन्द्र्र यादवलाई १७ मंसीर राति पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक केदार ढकालले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ ।
श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>