थप समाचारबिहीबार, मंसिर १८, २०७१

गढीमाईमा युवतीमाथि करणी गर्ने ७ जना पक्राउ

हिमालखबर

balatkar_aaropiबाराको गढीमाईमा मेला भर्ना आएकी युवतीलाई १६ मंसीर राति २ बजे मन्दिर पछाडिको छाप्रोमा लगेर बलात्कार गर्ने बाराका ७ जना युवालाई पक्राउ गरेको बाराका प्रहरी नायाव उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिएका छन् ।

प्रहरीले १७ मंसीरमा अचेत अवस्थामा ती युवतीको उद्दार गरेको थियो ।

२० वर्षीया पीडित युवतीका अनुसार भारतमा रहेकी उनलाई एकजना ट्रक ड्राइभरले भारतमै ७ दिनदेखि बन्धक बनाई, नशालु पदार्थ ख्वाएर लगातार बलात्कार गरेपछि गढिमाईमा ल्याएर ती केटाहरुको जिम्मा लगाएका थिए ।

बलात्कारको आरोपमा पक्राउ पर्नेहरुमा बारा कलैयाका अमित सर्राफ, इन्ताज आलम, बब्लु साह, विकास साह, विवेक साह, सतीश सिंह र रोशन श्रीवास्त छन् ।

पक्राउ परेकाहरुले आफूले बलात्कार गरेको स्वीकार गरिसकेको नायब उपरीक्षक रेग्मीले बताए ।

सातै जनालाई थप अनुसन्धानका लागि १० दिन थुनामा राख्न प्रहरीले अदालतबाट म्याद थप गराएको छ  भने युवतीको उपचार भइरहेको छ ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>