समाचारबिहीबार, आश्विन २५, २०६९

आइजीपीले १३३ डिएसपी र ५० एसपीको सरुवा गरे

सञ्जीव शर्मा

प्रहरीका एसपी र डिएसपीको सरुवाको अधिकार महानिरीक्षकमा हुने भए पनि यसअघि प्रहरीको तल्लो तहसम्म पनि सरुवा–बढुवाका लागि गृहमन्त्रीले दवाब दिने गरेका थिए । यसपटक पनि सरुवाका लागि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा पठाएको फाइल गृहमन्त्रीले सदर नगरेपछि तजबिजी अधिकार प्रयोग गर्दै महानिरीक्षक रानाले सरुवा गरेको बुझिएको छ ।

महानिरीक्षक नियुक्त गर्ने बेला प्रधानमन्त्री र गृहमन्त्रीबीच लामो समयसम्म विवाद चलेको थियो । आफूले इच्छाएको व्यक्तिलाई महानिरीक्षक बनाउन नपाएपछि गृहमन्त्री प्रहरी महानिरीक्षक रानाप्रति सकारात्मक छैनन् ।

त्यस्तै नेपाल प्रहरीमा डिआईजीको बढुवा हुन ढिलो हुँदा एआइजीका ५ स्थान अझै रिक्त छन् ।

६ महिना ढिलो गरी भएको सरुवामा पर्ने एसपीहरुमध्ये महेशबिक्रम शाह रौतहट, दिपककुमार थापा चितवन, कमलबहादुर जिटी नवलपरासी, हरिबहादुर पाल रुपन्देही, राजेन्द्र ढकाल कपिलवस्तु, देवबहादुर बोहरा तनहुँ, शैलेस थापा क्षेत्री कास्की, लोकेन्द्र बहादुर मल्ल दाङ, विश्वरञ्जन प्रधान सुर्खेत, घनश्याम अर्याल कैलाली, विनोदशर्मा घिमिरे कञ्चनपुर, सुशीलकुमार भण्डारी क्षेत्रीय ट्राफिक सुनसरी, विकास श्रेष्ठ क्षेत्रीय ट्राफिक पथलैयामा र विभुतीराज पाण्डे क्षेत्रीय ट्राफिक बुटवलमा सरुवा भएका छन् ।

त्यस्तै शेरबहादुर वस्नेतलाई झापा, निरजबहादुर शाही मोरङ, सूर्यप्रसाद उपाध्याय धनकुटा, महेन्द्रकुमार पोखरेल उदयपुर, बिक्रम गुरुङ सिरहा, सञ्जयसिंह वस्नेत सप्तरी र पवनप्रसाद खरेल महोत्तरी, वसन्तकुमार पन्त धनुषा सरुवा गरिएका छन्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>