थप समाचारबिहीबार, मंसिर १८, २०७१
अख्तियारद्वारा रजिस्ट्रार कार्यालयका सहायक रजिष्ट्रार पक्राउ
काठमाडौं नयाँपाटीमा रहेको जाम्बा थाङ्का एन्ड बाङ्गजु संस्थालाई जोरपाटीमा स्थानान्तरण गर्न दिइएको निवेदन कार्यान्वयन गर्न सेवाग्राहीले आग्रह गर्दा रु २ हजार घुस माग गरेको सूचना प्राप्त भएका आधारमा आयोगले छानबिन गर्दा १८ मंसीरमा सहायक रजिस्ट्रार कविता केसी पक्राउ परेकी छन् ।
यस्तै सोही कार्यालयका अर्का सहायक रजिष्ट्रार पुष्पराज जोशीलाई एसियन स्कुल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्टले आइएलटिएस र टोफल कोर्स थप गर्दा निवेदकबाट रु ५ हजार घुस लिँदालिँदै थलोमा नै पक्राउ गरिएको छ । अभियुक्तलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
यसैगरी आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय जनकपुरका वरिष्ठ लेखा सहायक गोपाल वैद्यले बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको भनी आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यस्तै नापी कार्यालय रुपन्देहीका नापी सर्भेक्षक राजेन्द्रलाल श्रीवास्तवले लुम्बिनी – ७ मा रहेको ३२४ नंको जग्गा हाल साबिक गर्न रु तीन हजार घुस लिई भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
