अर्थ/बजारशुक्रबार, मंसिर १९, २०७१
चीनद्वारा थप २३१ नेपाली उत्पादनलाई भन्सार छुट
चीनले आयात कर नतिरेरै नेपालबाट चीन पुग्ने सहुलियत प्राप्त सात हजार ८०० नेपाली उत्पादनलाई बढाएर अहिले ८ हजार ३१ पु¥याएको छ ।
नेपालका उत्पादन बिना भन्सार चिनियाँ बजारमा पहुँच दिने विषयको सम्झौतामा १९ मंसीरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र नेपालका लागि चीनका राजदूत उ चुन्ताईले हस्ताक्षर गरेका छन् ।
चीनले सन् २००६ मा ४ हजार ७२१ र सन् २०१२ मा त्यसलाई बढाएर ७ हजार ८०० वस्तुलाई शून्य भन्सार दरमा चिनियाँ बजारमा प्रवेश सुविधा प्रदान गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार यही २९ मंसीरदेखि थपिएका नेपाली सामग्री चीन पुग्नेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>