थप समाचारसोमबार, मंसिर २२, २०७१
सभासद् दुर्घटनाबारे छानबिन समिति
दुर्घटनामा परेर घाइते सभासद हरि खड्काको निधन भएको एकदिन पछि २२ मंसीरमा सरकारले दुर्घटनाबारे छानबिन समिति गठन गरेको हो । बाग्लुङ–१ बाट निर्वाचित सभासद् खड्काको २१ मंसीर साँझ उपचारको क्रममा निधन भएको थियो ।
सरकारले नायब महान्यायाधीवक्ता राजेन्द्र सुवेदीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा प्रहरीका प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश अधिकारी सदस्य छन् ।
समितिले सात दिनभित्र प्रतिवेदन तयार पारेर पेश गर्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
