Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘साना माछा मात्र समातेर भ्रष्टाचार निवारण हुन्न’ - Himalkhabar.com

अन्तर्वार्ता/विचारसोमबार, मंसिर २२, २०७१

‘साना माछा मात्र समातेर भ्रष्टाचार निवारण हुन्न’

हिमालखबर

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले १७ मंसीरमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार झन् बढेको छ । यस सन्दर्भमा टीआई, नेपालका अध्यक्ष भरतबहादुर थापासँग गरिएको कुराकानीः

‘साना माछा मात्र समातेर भ्रष्टाचार  निवारण हुन्न’नेपालमा भ्रष्टाचार झन् बढेको भन्ने टीआईको प्रतिवेदन आयो, कसरी बढ्यो ?

टीआईको सर्वेक्षणमा परेका १७५ देशमध्ये नेपाल १२६औं स्थानमा आयो । गत वर्ष भन्दा दुई अंक घट्दा नेपाल दश स्थान तल पर्‍यो । समग्रमा ५० भन्दा कम अंक ल्याउने सबै भ्रष्टाचार हुने देशमै पर्छन् ।

टीआईले अध्ययनमा के–केलाई आधार बनाउँछ ?

भ्रष्टाचार हुने देशको वर्गीकरण गर्दा टीआईले विश्व ब्याङ्क, वल्र्ड इकोनमिक फोरम, वल्र्ड जस्टिस्, ग्लोबल इनसाइट र बार्टल्स्मेन फाउण्डेसनले दिने अंक भारलाई आधार बनाउँछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता नपुगेको हो कि ?

अख्तियार अहिले जति सक्रिय कहिल्यै पनि थिएन । तर उसले समग्र भ्रष्टाचारको ३५–४० प्रतिशतमा मात्रै अनुसन्धान गर्न सक्दछ । निजी क्षेत्र, अदालत, सेना लगायतमा भएको भ्रष्टाचार अख्तियारको दायरामै पर्दैन । माझीको जालबाट साना माछा छिर्न सक्छ, तर ठूलो माछा उम्किंदैन । अख्तियारको अनुसन्धानमा भने ठूला माछाहरु उम्कने गरेका छन् । अख्तियारले साना माछा जति समाते पनि भ्रष्टाचार निवारण सम्भव छैन । अख्तियार ठूला माछा र नीतिगत भ्रष्टाचार हुने ठाउँसम्म पुगेकै छैन ।

अख्तियार जस्तो नियमनकारी निकाय र भ्रष्टाचार विरोधी संघ–संस्था नै कम भएको हो कि ?

भ्रष्टाचार विरोधी संस्था धेरै होइन प्रभावकारी हुनुपर्दछ । अन्य देशमा भ्रष्ट राष्ट्रप्रमुखलाई समेत कारबाही भएका उदाहरण थुप्रै छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि अब के के गर्नुपर्ला ?

सबभन्दा पहिले राजनीतिक प्रतिबद्धता चाहिन्छ । तर, दुःखका साथ भन्नुपर्छ, भ्रष्टाचार निवारण एउटा पनि राजनीतिक दलको प्रमुख अजेण्डा बन्न सकेको छैन । संसद्ले भ्रष्टाचार नियन्त्रणलाई मूल अजेण्डा बनाउनुपर्दछ । स्थानीय निकायको निर्वाचन नहुँदा पनि भ्रष्टाचार बढेको हो ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>