रमझममंगलबार, मंसिर २३, २०७१

कुमारीमा किम्फ

हिमालखबर

क्रसिङ ब्रिजेज ।

क्रसिङ ब्रिजेज ।

१२औं संस्करणको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) यही २५–२९ मंसीरमा राजधानीको कुमारी हलमा हुने भएको हो । २३ मंसीरमा पत्रकार सम्मेलन गरेर आयोजकले यो पटक कुमारी हलमा किम्फ हुने जनाएको छ । अरु वर्षहरुमा किम्फ राष्ट्रिय सभागृहमा हुने गरेको थियो ।

फ्लाइङ हाई।

फ्लाइङ हाई।

यो महोत्सवमा २० देशका ७५ वटा फिल्म हेर्न पाइनेछ। यसपटक किम्फले नेपाली युवामा फिल्म निर्माण र फिल्म अभिमूल्यन क्षमता वृद्धि गराउने उद्देश्य पनि लिएको किम्फ अध्यक्ष वसन्त थापाले बताए। सधैं झैं यो पटक पनि पर्वतीय जनजीवनसँग सम्बन्धित डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक र एनिमेसन फिल्महरू प्रदर्शन हुनेछ।

कुमारी हलमा किम्फयस पटकको नेपाल पानोरामा विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) र किम्फले प्रस्तुत गरेको जेनेरेशन ग्रीन विषयक छोटा फिल्म प्रतियोगितामा छानिएका फिल्मका अलावा उदीयमान स्थानीय प्रतिभाहरूले बनाएका मध्येबाट छानिएका फिल्महरू प्रदर्शन हुनेछ। छलफल, प्रवचन, पुस्तक तथा फोटो प्रदर्शनीसँगै प्रतिस्थापन कला यो महोत्सवको आकर्षण हुनेछ। किम्फले इन्टरन्याशनल अलायन्स फर माउन्टेन फिल्मस् (आईएएमएफ) को साधारणसभा आयोजनाको जिम्मा पनि पाएको छ। सभामा १७ देशका २१ वटा पर्वतीय फिल्म महोत्सवका प्रतिनिधिहरू एउटै मञ्चमा हुनेछन्।

ग्रिङ्गो ट्रेल्स।

ग्रिङ्गो ट्रेल्स।

यस पटक किम्फको निर्णायक मण्डलमा बेलायती फोटोग्राफर हेनरी आइडन, अमेरिकी पर्वतारोही एवं फिल्म निर्माता डेभिड बे्रशिएर्स र इटालीका फिल्म निर्माता पाओला नेस्सी छन्। निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतियोगितातर्फका १० फिल्मबाट तीन वटा र नेपाली पानोरामातर्फका १४ डकुमेन्ट्री र कथानकबाट दुई वटा उत्कृष्ट फिल्म चयन गर्नेछ। तीन उत्कृष्ट फिल्महरूमध्ये पहिलोले १५००, दोस्रोले १००० र तेस्रोले ५०० अमेरिकी डलर पाउने छन्। नेपाली पानोरामातर्फका उत्कृष्ट दुई फिल्मले ३०–३० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

कुमारी हलमा किम्फ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>