थप समाचारमंगलबार, मंसिर २३, २०७१
बस र ट्रक जुध्दा दुईको मृत्यु
जनकपुरबाट काठमाडाै जाँदै गरेको ना ५ ख ११०० नम्बरको अमरज्योति ट्राभल्सको बस र चितवनबाट हेटौँडातर्फ आइरहेको बा १ क ३७४९ नम्बरको ट्रक २२ मंसीर राति जुध्दा बसमा यात्रारत दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुर नगरपालिका–१५ का पलक ठाकुर तथा महोत्तरी मझपुराका केशवर यादव छन् । घाइते ११ मध्ये ६ जना गम्भीर अवस्थाका यात्रुलाई उपचारका लागि भरतपुर लगिएको छ । घाइते पाँच जना उपचारपछि घर फर्किएका छन् ।
बसले उछिन्न खोज्दा विपरीत दिशाबाट आएको ट्रकसँग ठोकिएर दुर्घटना भएको हो । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
