अर्थ/बजारमंगलबार, मंसिर २३, २०७१
दुधको लागत मूल्य पाउनुपर्ने दुग्ध सहकारीको माग
केन्द्रीय दुग्ध सहकारी संघले दुधको लागत मूल्यभन्दा झण्डै रु.१३ घाटा परिरहेकाले मूल्य वृद्धि गर्न माग गरेको हो । संघले २३ मंसीरमा राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतिलिटर उत्पादन लागत रु.४९.५८ पर्ने र अहिले प्रतिलिटर दूधमा रु. १२.९८ रुपैँया घाटा भइरहेको जनाएको छ ।
संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले दुधको लागत मूल्य वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिए । अघिल्लो वर्ष सरकारसँग भएको दुधको लागत मूल्य वृद्धि गर्ने सहमति अनुसार चाँडै मूल्यवृद्धि हुनुपर्नेमा उनले जोड दिए ।
अहिले किसानले प्रतिलिटर रु.३२ देखि रु.३५ सम्ममा दुधको मूल्य पाइरहेका छन् । उत्पादन लागत मूल्य नपाए दुध उद्योग नै धराशायी बन्ने संघको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>