थप समाचारमंगलबार, मंसिर २३, २०७१

मोटरसाइकल चोरीमा संलग्न तीन पक्राउ

हिमालखबर

मोटरसाइकल चोरीमा संलग्न तीन पक्राउदमक आसपासका क्षेत्रमा मोटरसाइकल चोरी गर्दै आएका तीन जनालाई पक्राउ गरेर प्रहरीले २३ मंसीरमा सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा सतासीधामका सन्देश लिम्बू, दमक–१६ का दिवस लामा र दमक–१५ का मिलन दाहाल छन् ।

दमक–११ बाट मे ४ प ९८१३ नम्बरको मोटरसाइकल १५ मंसीरमा चोरेर सन्देश फरार थिए । उनलाई चोरीको मोटरसाइकलको नम्बर परिवर्तन गरेर कुदाइरहेको अवस्थामा झिलझिलेबाट पक्राउ गरेको दमक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।

यस्तै, १९ मंसीर राति दमक–१६ स्थित भट्टराई कुल वंश प्रतिष्ठानको मन्दिर परिसरबाट मे ५ प ८४२७ नम्बरको मोटरसाइकल चोरेर भागेका दिवसलाई प्रहरीले दमकको खनाल मार्केटस्थित भानु फोटो स्टुडियो अगाडीबाट पक्राउ गरेको थियो ।

मिलन भने चुलाचुली–५ का प्रकाश अधिकारीको मे ४ प ९८३४ नम्बरको मोटरसाइकल चोरी गरेर फरार थिए । उनलाई मोटरसाइकल भारत लैजान लाग्दा सुनसरीको सोनापुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ तीनैजना माथि चोरी मुद्धा दर्ता गरिएको र अदालतबाट म्याद थप समेत लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>