थप समाचारमंगलबार, मंसिर २३, २०७१

२५ वटा नयाँ हुलाक टिकटमा टाँचा

हिमालखबर

सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले हुलाक सेवा विभागद्वारा २३ मंसीरमा आयोजित एक समारोहमा २५ वटा नयाँ हुलाक टिकटमा प्रकाशनको पहिलो टाँचा लगाएका छन् ।

नयाँ हुलाक टिकटहरूमा आइसिसी वल्र्ड क्रिकेट ट्वान्टी ट्वान्टी, हनुमानढोकाको शिवपार्वती मन्दिर, सीतापाइलास्थित आदेश्वर महादेवको मन्दिर, कास्कीको प्याराग्लाइडिङ्, भगवान बुद्धको जन्मस्थल लुम्बिनी, समाजसेवी प्रेमबहादुर कंसाकार, प्राकृतिक विज्ञान सङ्ग्रहालय, कोटेश्वर महादेवको मन्दिर, राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रमको रजत जयन्ती, वसन्तपुरको कुमारी घर र नेपालका निशाचर पुतली रहेका छन् ।

ती टिकटको नमुना हुलाक सेवा विभागका कलाकार पूर्णकला लिम्बु विष्टले तयार गरेका हुन् ।

कार्यक्रममा मन्त्री रिजालले विशेष गरी राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रमको रजत जयन्तीका अवसरमा प्रकाशित टिकटले गर्भवती महिलाको स्वास्थ्यका बारेमा थप चेतना दिई योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले नयाँ टिकटहरूले नेपालको साँस्कृतिक र प्राकृतिक गौरवलाई विश्वभर फैलाउन योगदान पु¥याउने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>