थप समाचारबुधबार, मंसिर २४, २०७१

संस्कृतिविद् जोशीको स्वास्थ्यमा सामान्य सुधार

हिमालखबर

संस्कृतिविद् जोशीको स्वास्थ्यमा सामान्य सुधारबिरामी भएर संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा उनी २१ मंसीरमा भर्ना भएका हुन् ।

छाती दुख्ने र सास फेर्न असजिलो भएपछि अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ । उनको फोक्सोमा जम्मा भएको पानी भने निकालिएको छ ।

अस्पतालका अनुसार उनको स्वास्थ्यमा केही सुधार भए पनि २३ मंसीर राति भने सामान्य ज्वरो आएको थियो ।

उनलाई अझै केही दिन अस्पतालमा राखिने परिवारले जनाएको छ । ९५ वर्षीय जोशी बिरामी हुनु अघिसम्म सार्वजनिक कार्यक्रममा सक्रिय थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>