थप समाचारबिहीबार, मंसिर २५, २०७१

अभियानकै बेला १२ हिंसा

हिमालखबर

अभियानकै बेला १२ हिंसाराष्ट्रिय महिला आयोगमा हिंसासम्बन्धी १२ घटना दर्ता भएको हो । आयोगका सदस्य उर्मिलादेवी विश्वकर्माले आठ घरेलु हिंसा र चार महिला हिंसाका घटना दर्ता भएको जानकारी दिइन् ।

उनका अनुसार साइबर अपराधका घटनामा बढी महिला पीडित हुने गरेको छ । उनले भनिन्, “साइबर अपराधका घटना बढिरहेको र त्यसमा महिलापीडित रहेको देखिएको छ ।”

उनले पीडित महिलाको पक्षमा अपराधसम्बन्धी स्पष्ट र कडा कानूनको आवश्यकता रहेको बताए ।

‘घर शान्ति नै विश्व शान्तिको आधार: महिला हिंसाविरुद्ध शून्य सहिष्णुता कायम गरौँ’ भन्ने मूल नाराका साथ मनाइएको १६ दिने अभियान २४ मंसीरमा सकिएको छ । सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा विभिन्न २० देशका २३ महिलाको एक समूहले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>