थप समाचारबिहीबार, मंसिर २५, २०७१
मैतिदेवीमा युवतीलाई छुरी हानी हत्या गर्ने पक्राउ
काठमाडौंस्थित कान्तिपुर कलेजमा बिबिए अध्ययनरत धनुषाको तुलसीयाही जब्दीकी रितु महासेठको छुरा प्रहार गरी हत्या गरेको आरोपमा तुलसीयाहीकै विमलेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न ठाउँमा लुक्दै हिँडेका यादवलाई पक्राउ गरेको प्रहरीले २५ मंसीर बिहान हनुमानढोकामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
यादवले बयानका क्रममा आफूलाई रीतुले धोका दिएकाले पागलजस्तै भएर हत्या गरेको बताएका छन् ।
काठमाडौंमा निजी सवारी चालकको काम गर्ने यादवले महासेठ र आफूबीच ६ वर्षदेखि प्रेम परेको तर, केही महिनाअघिदेखि हाम्रो स्तर मिल्दैन भन्दै धोका दिएकाले आफू विक्षिप्त भएर हत्या गर्न पुगेको दाबी गरेका छन् ।
पछिल्लो दुई तीनपटकको भेटमा महासेठले ‘तेरो र मेरो स्तर मिल्दैन’ भनेपछि आफूलाई बेचैन भएको र यस्तो घटना हुन पुगेको उनको दाबी छ ।
यादव करिब ५ वर्ष पहिले रीतुको घरमा ट्याक्टर चलाएका थिए ।
उनको वयान अनुसार उच्च शिक्षाका लागि रीतु काठमाडौं आउँदा यादव पनि सँगै आएका थिए ।
यादवको हातमा लागेको चोट, प्रत्यक्षदर्शीको बयान, रगत पुछेको कपडा लगायतका प्रमाणका आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वयानपछि हत्यारा यादव नै भएको खुलेको प्रहरीको भनाइ छ ।
२० मंसीर दिउँसो मैतीदेवीस्थित सेतोपुल भन्दा केही तल अनामनगरतर्फ साथीसँगै बिहेभोजमा जाँदै गरेकी रीतुलाई यादवले छुरी प्रहार गरी हत्या गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
