थप समाचारबिहीबार, मंसिर २५, २०७१

कुहिरोको कारण हवाई उडान प्रभावित

हिमालखबर

दिनभरि लाग्ने कुहिरो तथा हुस्सुका कारण ‘भिजिलिटी’ कम भएपछि विराटनगर–काठमाडौँ तथा पूर्वी पहाडी जिल्लाका उडान प्रभावित भएको नागरिक उड्डयन कार्यालय विराटनगरले जनाएको छ ।

बिहान ९ बजेदेखि सञ्चालन हुने विराटनगर विमानस्थलमा अहिले प्रतिकूल मौसमका कारण बिहानीे समयमा कुनै पनि विमान आउन सकिरहेका छैनन् ।

यसैगरी, विराटनगरबाट खोटाङ, ताप्लेजुङ, भोजपुरलगायत पूर्वी पहाडी जिल्लामा सञ्चालन हुने हवाई सेवासमेत प्रभावित भएको छ ।

विमान सेवा प्रभावित भएपछि सयौँ यात्रु विराटनगर विमानस्थलमा रोकिएर बसेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>