रमझमबिहीबार, मंसिर २५, २०७१

राजधानीमा किम्फको रौनक

हिमालखबर

तस्वीरः देबकी बिष्ट

तस्वीरः देबकी बिष्ट

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १२औं संस्करण २५ मंसीरदेखि राजधानीको कुमारी हलमा शुरु भएको हो । २९ मंसीरसम्म चल्ने महोत्सवको उदघाटनमा फूटबलसम्बन्धी डकुमेन्ट्री ‘सुनाकली’को प्रदर्शन भयो ।

अरु वर्षहरुमा राष्ट्रिय सभागृहमा हुने किम्फ यो वर्ष कुमारी हलमा आयोजना भइरहेको हो । महोत्सवमा २० देशका ८० वटा फिल्म प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

सधैं झैं यो पटक पनि पर्वतीय जनजीवनसँग सम्बन्धित डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक र एनिमेसन फिल्महरू किम्फको आकर्षण हुने आयोजकको भनाइ छ ।

यस पटक किम्फको निर्णायक मण्डलमा बेलायती फोटोग्राफर हेनरी आइडन, अमेरिकी पर्वतारोही एवं फिल्म निर्माता डेभिड बे्रशिएर्स र इटालीका फिल्म निर्माता पाओला नेस्सी छन्। निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतियोगितातर्फका १० फिल्मबाट तीन वटा र नेपाली पानोरामातर्फका १४ डकुमेन्ट्री र कथानकबाट दुई वटा उत्कृष्ट फिल्म चयन गर्नेछ।

तीन उत्कृष्ट फिल्महरूमध्ये पहिलोले १५००, दोस्रोले १००० र तेस्रोले ५०० अमेरिकी डलर पाउने छन्। नेपाली पानोरामातर्फका उत्कृष्ट दुई फिल्मले ३०–३० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

किम्फको आकर्षण के–के ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>