थप समाचारशुक्रबार, मंसिर २६, २०७१
तराईका गिद्ध पहाडमा देखिन थाले
तापक्रम वृद्धि हुने क्रम बढ्दै गएपछि चिसोको खोजीमा तराई क्षेत्रका गिद्ध म्याग्दी लगायतका पहाडी भेगमा आएको हुन सक्ने चरासम्बन्धी जानकारहरूको अनुमान छ ।
म्याग्दीका ओखरबोट, रुम, ज्यामरुककोट, रत्नेचौरलगायतका गाउँमा यसअघि कहिल्यै नदेखिएका गिद्धहरू देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।
पहाडी भेगमा पाइने हिले, हुचिल, रातोपाङ्ग्रे लगायतका गिद्धका प्रजाति लोप हँुदै गएको अवस्थामा तराई क्षेत्रबाट बसाइँ सरी पहाडी भेगमा आएका गिद्ध लामो समयसम्म पहाडी भेगमा पनि अडिन नसक्ने चरासम्बन्धी अध्ययन गर्दै आएका राजु सापकोटाले बताए ।
“सिमलको रूखमा बस्ने गिद्ध सिमल लोप हँुदै गएपछि पहाडी भेगबाट बसाइँ सर्न थालेका थिए । तर अहिले देखिन थालेका छन्”– बेनी नगरपालिका–४ बगरफाँटका नरबहादुर थापाले भने, “अहिले खेतैभरि गिद्धको बिगबिगी छ । यो पनि कति समयसम्मको लागि हो ?”
प्रकृतिको कुचिकारका रूपमा मानिने गिद्ध लोप हुँदै गएपछि वातावरणीय प्रदूषण बढेको सम्बन्धित क्षेत्रका व्यक्तिहरूले बताएका छन् । जिल्ला वन कार्यालय म्याग्दीका रेन्जर चन्द्रमणि सापकोटा वातावरणीय सन्तुलन कायम राख्न गिद्धको भूमिका महत्वपूर्ण हुने बताउँछन् ।
हिमाली भेगबाट रैथाने प्रजातिका पशुपक्षी उचित बासस्थानको खोजीमा हिमालपारि जान थालेका लोमान्थाङका डमबहादुर गुरुङको भनाइ छ ।
हिमाली भेगबाट लाटोकोसेरो, चिवे, हुचिललगायतका पक्षी र कस्तुरी मृगले बासस्थान छोडिसकेका छन् भने अन्य पक्षी पनि बिस्तारै उच्च हिमाली क्षेत्रमा बसाइँ सर्ने क्रम शुरु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
