Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हुम्लीको बजार तिब्बत - Himalkhabar.com

रिपोर्टशुक्रबार, मंसिर २६, २०७१

हुम्लीको बजार तिब्बत

हिमालखबर

– दीपेन्द्र रोकाया

सांस्कृतिक क्रान्तिताका ध्वस्त सिम्बिलिङ गुम्बाबाट देखिएको सिंगो ताक्लाकोट (फुलान) बजार। तस्वीरहरूः दीपेन्द्र रोकाया

सांस्कृतिक क्रान्तिताका ध्वस्त सिम्बिलिङ गुम्बाबाट देखिएको सिंगो ताक्लाकोट (फुलान) बजार। तस्वीरहरूः दीपेन्द्र रोकाया

चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने ताक्लाकोट (चिनियाँ भाषामा फुलान) मा ङरी प्रदेश अन्तर्गत फुलान काउन्टीमा पर्छ। यहाँको कुल आठ हजार जनसंख्यामध्ये करीब पाँच हजार कृषिमा निर्भर छन्। यहाँको मुख्य कृषि बाली नाफल (हिमाली गहुँ), चोती (मुला), कोइरा (गान्टेमुला), केराउ आदि हुन्। फुलान काउन्टीमा चामल, मैदा, फलफूल र कपडा आयात गरिन्छ। हुम्ला जिल्ला, खगालगाउँका व्यापारी कुची लामाका अनुसार, हुम्लीहरू लिमी र नारा नाका भएर फुलान, ज्ञानिमा मण्डिमा व्यापार गर्न आउने लामो परम्परा छ। हुम्ला सदरमुकाम सिमकोटबाट करीब ११० किलोमिटर उत्तर–पश्चिममा रहेको ताक्लाकोटबाट तिब्बतको राजधानी ल्हासा १३०० किमि पूर्वमा पर्छ।

इतिहासको डोब

उहिले ताक्लाकोट क्षेत्रमा शिव र जालन्धर राजाको राज्य चलेको किंवदन्ती छ। त्यो समयमै यस क्षेत्रले च्याङ (उत्तर) र रोङ (दक्षिण) भेगसँग आर्थिक–सामाजिक सम्बन्ध कायम गरेको थियो। ऐतिहासिक पात्र नागराजले पौराणिक पात्रहरू शिव र जालन्धरको नामबाट पहिलो अक्षर लिएर जुम्लामा नयाँ राजधानी ‘सिंजा’ खडा गरेका थिए। नागराजले गुगे, ङरी, फुलान लगायतका तिब्बती भूभागलाई अधीनस्थ पारेपछि दक्षिण कर्नाली क्षेत्रतिर प्रभाव विस्तार गरेका थिए। खस सम्राट नागराजको तिब्बतका भोटे शासकहरूसँग पनि नाता–सम्बन्ध थियो। उनलाई ल्हासामा प्रतापी राजवंश उत्तराधिकारी मानिन्थ्यो।

ताक्लाकोटः हुम्लाको बजारसिंजाकालीन समयमा ताक्लाकोट खसान क्षेत्रको वर्षे हाट थियो। आजको कर्नाली क्षेत्रका जनता हरेक वर्ष यही क्षेत्र भएर कैलाश–मानसरोवरको यात्रामा जान्थे। ताक्लाकोटमा कर्नाली क्षेत्रबाट अन्न आयात हुन्थ्यो भने यहाँबाट ऊन, नुन लगायतका वस्तु निर्यात हुन्थ्यो। कालान्तरमा सिंजा साम्राज्य कमजोर भएर कर्नालीमा २२ र गण्डकी क्षेत्रमा २४ वटा स–साना राज्य बने। वि.सं. १४०६ मा त चाङ चुन ग्याल त्सेनले तिब्बतको खारी प्रदेश सिंजाबाट मुक्त भएको घोषणा नै गरे। कालान्तरमा खोच्यारका झयाम्पाल नामक महत्वाकांक्षी युवकले जुम्लाकी रानी सुनकेस्रालाई अपहरण गरी खोच्यार पुर्‍याएको किंवदन्ती छ। प्रतिक्रियास्वरुप जुम्लीहरूले झयाम्पाललाई मारेको कथा कर्नाली क्षेत्रको लोकगीतहरूमा आज पनि सुन्न सकिन्छ। ‘जार’ काट्ने चलन त्यही घटनापछि चलेको जनविश्वास छ।

वि.सं. १८४६ मा जुम्ला कब्जा गरेका गोर्खालीहरू त्यसको डेढ वर्षमै गेजिङ साँगाथाङमा तिब्बती सेनासँग भिड्न पुगेका थिए। गोर्खालीहरूले तिब्बती सेनालाई साँगाथाङबाट लखेटेर ताक्लाखार झयुठान (हे. फोटो) पुर्‍याएपछि हुम्ला च्यादुकका पोन साङ्गे लुण्डुपले दोभाषे भएर त्यो तनावलाई मिलापत्रमा समाप्त पारेको इतिहास छ। त्यसबापत लुण्डुपले गोर्खालीहरूबाट हिल्सा, तुम्कोट, यारी, खगालगाउँ र याङ्चुमा जग्गा र तिब्बतीहरूबाट सुनचाँदीका सामान र हलो उपहार पाएका थिए। १८५६ जनवारीमा थापाथली सन्धि हुँदा जंगबहादुर राणाले ताक्लाकोट नेपालको भएको दाबी गर्नुको आधार त्यही थियो।

नेपाली व्यापार

पहिले ताक्लाकोटको नेपाली व्यापारमा हुम्लाका लिम्याल (लिमि गाविसवासी) हरूको एकाधिकार थियो। लिम्यालहरूको जीविका अहिले ताक्लाकोट क्षेत्रसँगै जोडिएको छ। उहिले पूरै हुम्लाको आर्थिक सम्बन्ध यो क्षेत्रसँग जोडिएको थियो। हुम्लीहरू अन्न बेचेर नुन, ऊन किन्न यता आउँथे। यो क्रम करीब डेढ सय वर्ष चलेको अनुमान छ। चीनमा आर्थिक विकास भएको यो समयमा भने हुम्ली व्यापारीहरूले लिन सकिने जति फाइदा लिन सकेका छैनन्। अवसर बुझेर करीब ७० जना हुम्ली व्यापारीहरूले तीन वर्षअघि फुलान व्यापार–व्यवसायी समिति, हुम्ला बनाएका छन्। समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः लिमीका छवाङ लामा, तांगिनका देवबहादुर लामा, बरगाउँका उर्गेन लामा र खगालगाउँका पाल्जोर लामा छन्।

ताक्लाकोटः हुम्लाको बजारसमितिले आफ्नो व्यापार र सीमा क्षेत्रमा समस्या आउँदा तिब्बती प्रशासनसँग वार्ता गरी समाधान गर्ने गरेको छ। वास्तविकता बुझेपछि चिनियाँ प्रशासन सहयोगी हुने गरेको समितिको अनुभव छ। तीन वर्षअघि एक नेपाली महिलामाथि दुर्व्यवहार भएकोमा समितिले विरोध गरेपछि तिब्बती सीमा प्रहरी चौकी शेरका इञ्चार्जले जागीर नै गुमाएका थिए। व्यापार–व्यवसायी समितिका अध्यक्ष छवाङ लामा भन्छन्, “पोहोर हुम्लाबाट बक्खुमा लगाउने रंग ल्हा र केशर ताक्लाकोट ल्याउँदै गर्दा मलाई नै हातपात गर्ने चिनियाँ प्रहरीलाई फुलान काउन्टीका प्रहरी प्रमुखले समिति सामु उभ्याएर माफी मगाए।”

हुम्लीहरूले फुलानमा बसेर करको दायरामा व्यवस्थित व्यापार गर्ने अनुमतिपत्र पाएको भर्खर दुई वर्ष भयो। तर नेपाल पक्षको ‘डिलिङ’ नै कमजोर भएकोले लिन सक्ने फाइदा लिन नसकिएको फुलान व्यापार–व्यवसायी समितिको सल्लाहकार रहेका छविलाल लामा बताउँछन्। उनका अनुसार, ताक्लाकोटमा हुम्ली व्यापारीहरू नीतिगत समस्यामा छन्। उद्योग वाणिज्य महासंघ, हुम्लाका अध्यक्ष नामग्याल लामा नीतिगत समस्या हटाउने अवसरका रूपमा आउने सीमा बैठकहरूमा नेपाल पक्षले आफ्ना नागरिकको हितमा कुरा राख्न नसकेको अनुभव सुनाउँछन्। “यसअघिका दुई बैठकमा चीनले दिन चाहेको सहयोग समेत लिन सकिएन”, लामा भन्छन्, “हुम्लाका नेता तथा प्रशासकहरूले सीमा बैठकलाई ताक्लाकोट–मानसरोवर घुमफिरको मौका मात्र बनाएका देखिएको छ।”

“हुम्लाका नेता तथा प्रशासकहरू ताक्लाकोट घुमफिर गर्न मात्र लालायित भएको देखियो। जसको परिणाम दुई पटकको सीमा बैठकमा चीनले दिन चाहेको सहयोग समेत लिन सकिएन।” नामग्याल लामा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, हुम्ला

“हुम्लाका नेता तथा प्रशासकहरू ताक्लाकोट घुमफिर गर्न मात्र लालायित भएको देखियो। जसको परिणाम दुई पटकको सीमा बैठकमा चीनले दिन चाहेको सहयोग समेत लिन सकिएन।” नामग्याल लामा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, हुम्ला

लामाका अनुसार, सुर्खेत वा नेपालगंजबाट निकै टाढा रहेका हुम्लीहरू जडीबुटी ल्याउने र सिमेन्ट लगायतका निर्माण सामग्री लैजाने नीतिगत बाटो खुलोस् भन्ने चाहन्छन्, तर जिल्लाका प्रशासकहरू त्यस अनुसार चिनियाँहरूसँग ‘डिल’ गर्ने अवस्थामा हुँदैनन्। परिणाम, ताक्लाकोटमा रहेका नेपाली व्यापारीहरू फुरु (काठको बटुका), माला, ल्हा केशरको व्यापारमा सीमित छन्। पछिल्ला वर्षहरूमा ताक्लाकोटमा हुम्लीका सामान्य किसिमका होटलहरू पनि देखिन थालेका छन्। यहाँ हुम्लीले भारतको धार्चुला र नेपालको दार्चुलाका व्यापारीहरूले जस्तो व्यवस्थित बजार क्षेत्रमा पसल राख्न पाएका छैनन्। “हाम्रा नेता र प्रशासकहरूले माग राखे हाम्रो व्यापार सुरक्षित हुनेथियो”, हुम्ली व्यापारी पासाङ लामा भन्छन्।

स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधि बढेको आशंकामा अहिले हुम्लीहरूको कैलाश–मानसरोवर दर्शनमा जाने परम्परा पनि नियन्त्रण हुन पुगेको छ। आफूखुशी आउ–जाउ गर्ने यो परम्परालाई केही वर्षअघि लागू भएको सीमा पासले ताक्लाकोटसम्म मात्र पुग्न पाउनेमा सीमित गरेको छ। व्यापार–व्यवसायी समितिको अनुरोधमा गत वर्ष सीमा पासको आधारमा कैलाश–मानसरोवरको दर्शन गर्न जान दिएको थियो। तर, यो वर्ष (साउन–भदौ) यो संवाददातासहित सात जना हुम्लीले मात्र चिनजानको आधारमा त्यो सुविधा पाए।

हुम्ला सदरमुकाम सिमकोट जोड्ने कर्नाली लोकमार्ग नबन्दासम्म फुलान–जाङ्मु (ताक्लाकोट–खासा) सडक उपयोग गर्न सकिने अवस्था छ, तर त्यसमा पनि सरकारी प्रयास भएको छैन। हुम्लीहरू नेपालगंज वा सुर्खेतबाट महँगो ढुवानी भाडामा विमानमा ल्याइएको उपभोग्य वस्तुमा निर्भर छन्। सरकारले यसतर्फ ध्यान पुर्‍याए हुम्लीहरूले ताक्लाकोटबाट सस्तोमा सामान ल्याउने मात्र होइन, हुम्लाबाट कृषि, पशु र जडीबुटी निकास गर्न पनि सक्नेथिए।

हिल्सा–तुम्कोट र लिमी–केर्मी सडकलाई नियमित बनाउन सक्दा पनि हुम्लाको आर्थिक विकासमा ठूलो टेवा पुग्ने अवस्था छ। हिल्सा–तुम्कोट र लिमी–केर्मी सडकमा अहिले २२ वटा सवारी साधन चलिरहेका छन्, तर तिनले न चीनबाट तेल ल्याउन पाउँछन् न त यातायात व्यवस्था विभागबाट नम्बर प्लेट पाएका छन्।

सम्बन्धित समाचार (यो पनि पढ्नुहोस्ः महिलाको कमाइ मासिक ७२ हजार)

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>