अर्थ/बजारशुक्रबार, मंसिर २६, २०७१

महिलाको कमाइ मासिक ७२ हजार

हिमालखबर

ताक्लाकोटमा हुम्ला हेप्काका ओङ्ग्यालको फुरु तथा माला पसल। यस्ता हुम्ली पसल यहाँ ४५ वटा छन्। तस्वीर: दीपेन्द्र रोकाया

ताक्लाकोटमा हुम्ला हेप्काका ओङ्ग्यालको फुरु तथा माला पसल। यस्ता हुम्ली पसल यहाँ ४५ वटा छन्। तस्वीर: दीपेन्द्र रोकाया

हुम्लाको लिमी क्षेत्रका महिलाहरूका लागि ताक्लाकोट क्षेत्रका तिब्बती गाउँहरू रोजगारीको आकर्षक थलो बनेका छन्। भौगोलिक र भाषिक निकटता रहेका यी गाउँहरूको खेतीपातीमा संलग्न हुने लिमी क्षेत्रका महिलाहरूले खानासहित दैनिक १५० युआन कमाउँछन्।

यसलाई कम्तीमा नेरु १६ का दरले साट्दा पनि रु.२४०० र मासिक रु.७२ हजार हुन्छ। यस्तो काम गर्नेमा लिमी दराको हल्जी गाउँका महिला बढी छन्।

ताक्लाकोट क्षेत्रका गाउँहरूमा तिल, हल्जी, जाँग, ठेहे, स्याँडा लगायतका गाउँका हुम्ली कामदारहरूलाई जाँगरिला र इमानदार भनेर चिनिएका छन्।

“लिमीका महिलाहरूले यहाँ नाम दाम दुवै पाएका छन्”, ताक्लाकोटमा व्यापार गरिरहेका हुम्ला हेक्पाका ओङ्ग्याल लामा भन्छन्, “उनीहरू यहाँ आउनु भनेको सुर्खेतका महिला इजरायल गएको जस्तै हो।”

सम्बन्धित समाचार (यो पनि पढ्नुहोस्ः हुम्लीको बजार तिब्बत)

 

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>