थप समाचारशुक्रबार, मंसिर २६, २०७१
रहेनन् तयारी पोशाक उद्यमी पाण्डे
टाउकोको ट्युमरको शल्यक्रिया गर्नेक्रममा भारतको नयाँदिल्लीमा व्यवसायी उदयराज पाण्डेको निधन भएको छ।
२०३९ सालमा तयारी पोसाक उद्योगमा संलग्न भएका पाण्डे यसको विकासमा रातदिन खटिरहे।
तयारी पोसाक निर्यातका लागि नीतिगत सुधारमा लामो प्रयास गरेका उनी यसक्षेत्रका विज्ञ व्यवसायी मानिन्थे ।
उनी संघमा ६ वर्ष महासचिव र ६ वर्ष उपाध्यक्ष भएपछि अध्यक्ष बनेका थिए ।
पाण्डेको २५ मंसीरमै पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । पाण्डेका श्रीमती एक छोरा र छोरी छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
