थप समाचारशुक्रबार, मंसिर २६, २०७१

‘तराई मधेशी टाइगर्स’ले हतियार बुझाउने

हिमालखबर

 तराई मधेशी टाईगर्सका वार्ता टोली संयोजक जयप्रकाश यादव बीचमा कार्यकर्ताका साथ । तस्वीरः दीपक ज्ञवाली


तराई मधेशी टाईगर्सका वार्ता टोली संयोजक जयप्रकाश यादव बीचमा कार्यकर्ताका साथ । तस्वीरः दीपक ज्ञवाली

सशस्त्र गतिबिधि गर्दै आएको ‘तराई मधेशी टाईगर्स पार्टी’ र संबैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको वार्ता उप समिति वीच २६ मंसीरमा भैरहवामा भएको वार्तापछि टाइगर्सले आफूसँग भएका सबै हतियार बुझाउन तयार भएको छ ।

समितिका संयोजक आनन्द प्रसाद ढुङ्गानाको संयोजकत्वमा भएको वार्तामा ‘टाइगर्स’ले आफूसँग रहेका १३० थान हतियार २९ पुससम्म सरकारलाई बुझाउने, शान्तिपूर्ण राजनीतिमा प्रबेश गर्ने तथा सरकारले हिरासतमा रहेका टाइगर्सका ४० जना बन्दीलाई रिहा गर्न पहल गर्ने लगायतको सहमति भएको छ ।

अबदेखि आफूहरु शान्तिपूर्ण राजनीति गर्दै संबिधान निमार्णमा सहयोग पुर्‍याउने ‘टाइगर्स’का संयोजक जयप्रकाश यादवले बताए ।

समितिले अहिलेसम्म २१ सशस्त्र समूहसँग वार्ता गरी सकेको र ९ समूहले हतियार बुझाई सकेको संयोजक आनन्द प्रसाद ढुंगानाले जानकारी दिए ।
दीपक ज्ञवाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>