Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालको ऐतिहासिक सफलता: नेपाल र युएईलाई एसीसी ट्रफीको संयुक्त उपाधि - Himalkhabar.com

खेलकुदशुक्रबार, आश्विन २६, २०६९

नेपालको ऐतिहासिक सफलता: नेपाल र युएईलाई एसीसी ट्रफीको संयुक्त उपाधि

हिमालखबर

रामेश्वर बोहरा

एसीसी ट्रफी एलिट कप २०१२ को उपाधि संयुक्त रुपमा ग्रहण गर्दै नेपाली टीम कप्तान पारस खड्का र युएइका कप्तान खुर्राम खान । तस्बीरः डि भण्डारी/युएइ

युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न प्रतियोगिताको फाइनल स्कोर बराबरमा टुंगिएपछि नेपालले आयोजक युएईसँगै बिजेताको ट्रफी बाँडेको हो । यसअघि दुई पटक फाइनलमा पुगेपनि उपबिजेतामै चित्त बुझाउन बाध्य नेपालले यसपटक सुखद नतिजा निकालेको छ । यद्यपि, मात्र एक रनले उपाधिमाथि एकल कब्जा जमाउन नेपालले सकेन ।
आयोजक युएईले दिएको २४२ रनको लक्ष्य भेट्टाउने क्रममा नेपालले समान २४१ रनमात्र बनायो । अन्तिम बलमा जितका लागि दुइ रन आवश्यक भएको स्थितिम शक्ति गौचन दोस्रो रन पुरा गर्ने क्रममा रनआउट हुनपुगे । युएइले पहिले व्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा यो स्कोर खडा गरेको थियो ।
युएईमा बस्ने नेपालीहरुले खचाखच भरिएको शारजहाँ स्टेडियममा टस जितेर युएईलाई व्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट शुरुवात गर्यो र उपाधि जित्ने सम्भावनालाई बलियो बनायो । २४ रनको स्थितिमा युएईका तीन महत्वपूर्ण विकेट लिएको नेपालले खुराम खान र शकिब अलीको १२३ रनको महत्वपूर्ण साझेदारी तोड्न नसक्नु महँगो सावित भयो । अलिले १०१ र खानले ६१ रन बनाए । नेपालका लागि शक्ति गौचनले १० ओभरमा ३६ रन दिएर ३ विकेट लिएपनि पेस बलरको अभाव खट्किंदा युएईले सम्मानजनक स्कोर खडा गरेको थियो ।
तर, नेपालका ओपनर व्याट्सम्यानद्धय सुवास खकुरेल र अनिल मण्डलले पहिलो विकेटका लागि २२ ओभरमा ९४ रन जोडेपछि नेपालको जित सुनिश्चित जस्तै देखिएको थियो । तर, टिमको स्कोर ९४ रन हुँदा मण्डल ४४ र १०६ रन हुँदा खकुरेल ५५ रनको स्थितिमा आउट भएपछि नेपाली इनिङ दबाबमा पर्यो । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरे । तर, तीन बलको अन्तरमा पारस र ज्ञानेन्द्र मल्ल दुवै आउट भएपछि नेपाली इनिङ संकटमा पर्यो । प्रदीप ऐरी १६ र पृथु बाँस्कोटा २ रनमा आउट भए, प्रतियोगितामा पहिलोपटक व्याटिङ गरिरहेका अलराउण्डर विनोद भण्डारी एउटै बलको सामना गर्न नपाई रनआउट हुनपुगे ।
इनिङको अन्त्यतिर शरद भेषवाकरले ३६ बलमा अबिजित ३८ र शक्ति गौचनले १३ बलमा १४ रन जोडेपछि नेपाल उपाधि बराबरी गर्न सफल भएको हो । अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको अबस्थामा गौचनले छक्का प्रहार गर्दै संकटमा परेको नेपालको स्कोर उकासेका थिए । यूएईका अहमद राजा र अर्सद अलीले समान दुइ दुइ विकेट लिए । सतक प्रहार गर्ने युएईका शकिब अलि म्यान अफ द म्याच चुनिए ।
स्कोर बराबर भएर उपाधि बाँडेपनि यो सफलता नेपाली क्रिकेटको अहिलेसम्मकै उच्च सफलता हो । नेपालले अब एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एसीसी कपमा खेल्नेछ, जसमा एशियाका टेस्ट मान्यताप्राप्त भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायत देशहरु समेत हुनेछन् ।
नेपाली कप्तान पारस खड्का प्रतियोगिताकै उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) मा चुनिए । पारसले प्रतियोगितामा सबैभन्दा बढी २९१ रन बनाए र ९ विकेट पनि लिए ।

तस्बीरः डि भण्डारी/युएइ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>